बर्दियामा चौथो जिल्ला पालिका स्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै
शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित

दीपकलाल श्रेष्ठ

बर्दिया, फागुन १२/ बर्दियामा चौथो जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । ‘युवा नै हो देशको सान, सबैले गरौ खेलकुदमा योगदान’ भन्ने मुल नाराका साथ आउँदो चैत ४ गतेबाट सुरु हुने भएको हो । फुटबल प्रतियोगिता चैत ११ गतेसम्म चल्नेछ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बढैयाताल गाउँपालिका–८ मा हुने गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले बताए । जिल्ला भरिका ८ वटै पालिकाको सहभागिता रहने यस प्रतियोगिता नकआउटको आधारमा गरिने त्रिपाठीले जनाए ।

प्रतियोगितामा पुरस्कार, प्रमाणपत्र, प्राविधिक, खेलाडी व्यवस्थापन लगायत फिल्ड व्यवस्थापनमा ११ लाख ८२ हजार १ सय ६६ रुपैयाँ खर्च हुने अनुमान रहेको त्रिपाठीले जानकारी दिए ।

बर्दिया जिल्ला फुटबल संघको समन्वयमा हुने यस प्रतियोगिताको खेलमा प्रथम हुने टिमलाई नगद १ लाख ५ हजार ५ सय ५५, द्वितीयलाई ५१ हजार १ सय ११, म्यान अफ द म्याचलाई १५ सय रुपैयाँ, म्यान अफ द सिरिजका लागि २५ सय रुपैया, बेस्ट किपर, बेस्ट डिफेन्स र बेस्ट फरवार्डलाई २÷२ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको समेत अध्यक्ष त्रिपाठीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय