नेवि संघ बर्दियाको अधिकारीक अध्यक्ष असीम बिक्रम शाह
शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित

बर्दिया, फागुन १२ (फरकसमाचार) / नेपाली काँग्रेस जिल्ला कार्य समितिले नेपाल विद्यार्थी संघको अधिकारीक अध्यक्ष असीम बिक्रम शाह रहेको जनाएको छ । शुक्रबार कार्य समितिले प्रेस सम्मेलनको आयोजना गरि अधिकारीक अध्यक्ष शाह रहेको जनाएको हो । पछिल्लो समय नेवि संघको दुई वटा अध्यक्ष रहेको सामाजिक संजालमा भेटिएको छ । दुई जना मध्ये अधिकारी अध्यक्ष को हुन् भन्ने अधिकांशमा कौतुहलता पनि छ ।

पछिल्लो समय नेपाल विद्यार्थी संघको दुई वटा अध्यक्ष रहेको सामाजिक संजालमा भ्रामक प्रचार प्रसार भईरहेको नेपाली काँग्रेसका जिल्ला सभापति अरुण प्रकाश सिंह राठौरले बताए । ‘आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई भाँड्ने गरी भएका अराजक गतिविधि प्रति गम्भिर ध्यानाकर्षण भएको छ’ सभापति राठौरले भने,‘नेवि संघको अधिकारीक अध्यक्ष असीम बिक्रम शाह हुन् ।’

बिगत केही वर्ष देखि नेपाल विद्यार्थी संघ नेतृत्व बिहीन रहेको थियो । अध्यक्ष पदका लागि क्रियाशील तथा योग्य नेपाल विद्यार्थी संघका सम्भावित विद्यार्थीको नाम नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले मागेको थियो । त्यहि अनुसार पार्टीले नाम पठाएका थियो । यहाँबाट पठाईएको नामबाट केन्द्रिय समितिले ठाकुरबाबा नगरपालिका–४ का असीम बिक्रम शाहलाई अध्यक्ष पदको जिम्मेवारी दिएको सभापति राठौरले जानकारी दिए । नेपाल विद्यार्थी संघको संगठन कमजोर बनाई स्ववियु निर्वाचनलाई भाड्न खोजिएको प्रेस सम्मेलनमा उनले जनाए ।

संगठनको नीति नियम र अनुशासन विपरीत अनधिकृत रुपमा नेवि संघको कार्यक्रम भनि केही विद्यार्थी झुक्याई भेला गरी जिल्ला पार्टी तथा नेपाल विद्यार्थी संघ केन्द्र समेतलाई जानकारी नगराई प्रचलित विधि विधान विपरीत नेपाल विद्यार्थी संघ जिल्लाको अध्यक्ष नगेन्द्र हमाल भनी सामाजिक संजालमा गरिएको भ्रामक प्रचार प्रति ध्यानाकर्षण भएको छ । संस्थाको आधिकारिकताका बिरुद्धमा नेवि संघको नाममा कसैले यस किसिमको अराजक गतिविधि गरेको पाईएमा नेपाली काँग्रेसले आफ्नो विधान बमोजिम अनुशासनको कारवाही गर्न पछि नपर्ने सभापति राठौरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय