काठमाडौं, फागुन १४ / किशोरीहरु" />
किशोरीलाई बन्धक बनाएर दुर्व्यवहार गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ
आइतबार, फागुन १४, २०७९ मा प्रकाशित

काठमाडौं, फागुन १४ / किशोरीहरुलाई बन्धक बनाएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । विभिन्न प्रलोभन देखाएर विभिन्न जिल्लाबाट उनीहरुलाई काठमाडौं ल्याएर बन्धक बनाएको आरोपमा चिनियाँ नागरिक याङ लि मिङ पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तमराज सुवेदीका अनुसार प्रहरीले ५ जना किशोरीलाई उद्दार गरेको छ । तीमध्ये दुई जनालाई यौन दुर्व्यवहार गरेको आशंका गरिएको उनले बताए ।

ललितपुरको गोंगटीमा उनीहरुलाई राखेको पाइएको छ । एक जना किशोरीले परिवारसँग सम्पर्क गरेपछि ब्यूरोसम्म चिनियाँ नागरिकबारे कुरा पुगेको थियो ।त्यसक्रममा तीन चिनियाँ नागरिकले विभिन्न प्रलोभन देखाएर किशोरीहरुलाई काठमाडौं बोलाएको पाइएको प्रहरीको भनाइ छ । ‘ललितपुरको घटना भएकाले त्यहीँबाट मुद्दा चलाउने गरी पठाएका छौं’, सुवेदीले भने, ‘थप अनुसन्धान ललितपुरबाटै भइरहेको छ ।’अनलाइनखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर