चिटिक्कको कट्टि बिओपिमा डिआईजि खड्का झुल्किए
मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित

बर्दिया, फागुन १६ (फरकसमाचार) / कट्टि गाउँ नपुग्दै दक्षिण फर्केको फौजी कार्यालयको गेट आर्कषक देखिन्छ । बोल्ड अक्षरमा मुल प्रबेश द्वारको आईरन गेटमा लेखिएको ‘बिओपि कट्टि’लाई पक्की सडकले छोएको छ । बिओपि परिसरमा निर्माण गरिएको गोलघरले सशस्त्र प्रहरीको कार्यालयको सौन्र्दयतासँगै सुरक्षाकर्मीको उर्जा थपेको छ । खुला आकाश मुनि रहेको राउन्ड टेबलमा जवान देखि अफसरको गफ गर्दा रमाईलो वातावरण बनेको छ ।

रंगिन काठे राउन्ड टेवलमा भात खाए पनि भयो । घाम तापेर गफ गर्न सकिने गरी निर्माण गरिएकाले महत्व बढेको छ । थोरै खर्चमा निर्माण गरिएको संरचना आर्कषक देखिन्छ । परिसरभित्रै निर्माण भएको झरनाको झल्को दिने संरचनाले झन सेल्फी खिच्न लालाहित गर्छ । नेपाल भारतको सीमा क्षेत्रमा स्थानीयतहकोे सहयोगमा बिओपि निर्माण अवधारणा ल्याएसँगै बिओपि कट्टि अन्य बिओपि तुलनात्मक रुपमा राम्रो छ । गुलरिया नगरपालिकाको आर्थीक सहयोगमा चिटिक्क देखिने गरी निर्माण भएको श्रय गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवलाई दिदै प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले खुलेर प्रशंसा गरे । ‘देशकै राम्रो बिओपि हो जस्तो लाग्छ,’ उनले भने,‘दिल खोलेर नगरपालिकाले गरेको सहयोग प्रशंसनिय छ ।’ उक्त बिओपि निर्माणमा नगरपालिका ४४ लाख खर्चेको छ ।

गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा सशस्त्र प्रहरीको चिटिक्क परेको बिओपी तयार पारिएको छ । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले सोमबार सशस्त्रप्रहरी बल नेपालनंम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका डिआईजी बिदुर खड्कालाई नवनिर्मित बिओपी हस्तान्तरण गरेका हुन् । सशस्त्र प्रहरी बल नेपालनंम्बर ३१ गण अन्तर्गत पर्ने गुलरिया नगरपालिका–३ स्थित कट्टी बिओपी पोष्ट हस्तान्तरण गरिएको छ ।

विकाससंगै सुरक्षाको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘सुरक्षाकर्मीको उपस्थितीले हामी ढुक्कले आफ्नो घरमा सुत्न सक्छौं’ नगर प्रमुख यादवले भने,‘त्यसैले बोर्डर क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिती गराउन जरुरी छ ।’ बोर्डरमा हुने अपराधिक घटना न्युनिकरण गर्न यस बिओपीमा कार्यरत सशस्त्र प्रहरीले निगरानी राख्ने नगर प्रमुख यादवले विश्वास व्यक्त गरे ।

नगरपालिकाले निर्माण गरि हस्तान्तरण गरेको बिओपीले सशस्त्रप्रहरी कर्मचारीलाई काम गर्न सहज हुने सशस्त्र प्रहरी बल नेपाल नंम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका डिआईजी बिदुर खड्काले बताए । ‘नेपाल सरकारको तीन किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना गरी सिमा सुरक्षालाई प्रभावकारी बनाउन योजनामा सहयोग पुगेको छ’ डिआईजी खड्काले भने,‘यस बिओपीले सिमामा निगरानी गर्न सशस्त्र प्रहरीलाई सहयोग पुग्नेछ ।’

बिओपी हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अन्तमा स्थानीय सरकार सहयोग र समन्वयले सीमावर्तीमा शान्ती सुरक्षा र राजश्व चुहावट रोक्न प्रहरीको मनोबल बढेको सशस्त्र प्रहरीका एसपि हर्क बहादुर शाहीले बताए । उक्त बिओपि सशस्त्र प्रहरी निरीक्षक कृष्ण प्रसाद अधिकारीले हाकिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय