मैनापोखर मेलाबाट रैथाने बिउको प्रचार
बुधबार, फागुन १७, २०७९ मा प्रकाशित

बर्दिया, फागुन १७ (फरकसमाचार) / बढैयाताल गाँउपालिकामा स्थानीय रैथाने जातको बिउ प्रदर्शनी मेला सम्पन्न भएको छ । स्थानीय जातको बिउ जोगाउन मेला आयोजना गरिएको हो । मेलामा ८ जिल्लाका १० वटा कृषक समुहहरुको सहभागिता रहेको थियो । मेलामा स्थानीय रैथाने जातको बिउ प्रदर्शनी तथा बिउ साटासाट कार्यक्रम गरिएको छ ।

हाइव्रिड जातको बिउ प्रयोग बढिरहेको बेला स्थानीय जातको बिउ लोप हुने अवस्थामा स्थानीय जातको बिउ जोगाउन मेलाको आयोजना गरिएको हो । बढैयाताल गाउँपालिका, मैगर कृषि सहकारी सस्था लिमिटेड, मैगर सामुदायिक सस्था र सोसियल ओर्क इन्टिट्युटको आर्थिक सहयोगमा स्थानीय रैथाने बिउ मेला सम्पन्न भएको छ । बर्दिया, कैलाली, कन्चनपुर, सुर्खेत, रोल्पा, मुगु, दैलेख, जुम्ला जिल्लाका किसानहरुले मेलामा सहभागिता जनाएका थिए ।

प्रदर्शनीमा बीउ तर्फ मकै, आलु, गहुँ, धान, करेला, भिन्डि, काक्रो लगायतका अन्नबाली तथा विभिन्न तरकारीका बीउहरु कृषकले प्रदर्शनीका लागि ल्याएका थिए । प्रदर्शनीमा स्थानीय खाद्यका परिकार पनि राखिएको थियो । किसानहरु अहिले आफूसँग भएका वा गाउँघरमा भेटिएका स्थानीय जातका बाली जोगाउन लागि परेका छन् ।

हाइब्रिड र उन्नत जातको बढ्दो प्रयोगका कारण स्थानीय जात लगाउने किसानको संख्या कम हुँदै गएको बेला स्थानीय रैथाने बीउ दिन नहुनेमा किसानहरु सजग हुन थालेका सोसियल ओर्क इन्स्टिट्युटका नवराज सिलवालले बताए । किसानहरुलाई स्थानीय बिउको महत्वको बारेमा थप जानकारी गराउन मेलाको आयोजना गरिएको उनको भनाई छ ।

अघिल्लो वर्ष एस्तै किसिमको स्थानीय बिउ साटासाट कार्यक्रममा गएको बेला मेलाबाट स्थानीय जातको धानको बिउ लगेर उत्पादन गरेको अर्गानिक कृषक संजाल कैलालीका धर्मराज चौधरीले बताए ।

स्थानीय जातको बिउ हराएरै जानु राम्रो नभएको जनजागृति बिकास समाज कन्चनपुरका मान बहादुर रानाले सुनाए । भनाई छ । पुस्तौंदेखि रोपिँदै आएको जात त्यस ठाउँको हावापानीका लागि सुहाउँदो हुन्छ । अहिले देशभर नै जलवायु परिवर्तनको असर बालीमा परेको छ । स्थानीय जातले देशभरको समस्या समाधान गर्न नसके पनि त्यस ठाउँको समस्या समाधान गर्न सक्ने रानाको भनाई छ ।

स्थानीय जातको बिउ किसानहरुको सम्पति भएको बढैयाताल गाउँपालिकाका कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तवले बताएका छन् । हाइब्रिड बिउको प्रयोगले किसानको सम्पति ठुल ठुला कम्पनिहरुको हातमा गईरहेको उनि बताउछन् । स्थाननीय बिउहरु मासिदै जाने र बिउको स्वामित्व ठुलठुला मल्टिनेशनल कम्पनिहरुको हातमा जाने र किसानहरुले महगोमा बिउ किन्न बाध्य हुने प्रमुख श्रीवास्तवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय