जर्मन राजदुत डा.प्रीञ्ज खाता जैविक मार्ग क्षेत्रमा
बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

हरि गुरुङ्ग

बर्दिया, फागुन १८/ नेपालका लागी जर्मनी राजदुत डा. थोमस प्रीञ्जले बर्दिया राष्ट्रिय निकुञ्ज, डल्ला होमस्टे, खाता जैविक मार्ग क्षेत्र र भारतीय सिमावर्ती दशगजा ८२ नंम्बर पिलरमा भारतीय डब्लुडब्लुएफसंग समेत भेट र अवलोकन गरेका छन् ।

डब्लुडब्लुएफ नेपालले बर्दिया जिल्लामा गरेका जैविक विविधता संरक्षण, वन्यजन्तु संरक्षण सम्बन्धि के कस्ता काम गरेको छ भनी बुझ्न आएका तराई भु–परिधी कार्यक्रम (टिएएल) का डा.अनन्त भण्डारीले बताएका हुन् ।

नेपालका लागि जर्मन राजदुत डा. थोमस प्रीञ्जले स्थानीय उपभोक्ताहरु तथा संरक्षणकर्मीसंग कुराकानी गर्दै तपाईंहरुले गरेको काम प्रशंसा योग्य छ । जैविक विविधता, वन वन्यजन्तु संरक्षण र बाघ संरक्षणमा पु¥र्याएको योगदान सराहनीय छ । घट्दै गरेको बाघको संरक्षण गरेर तपाईंहरुलाई मात्र हैन सारा विश्वलाई गुन लगाएको बताए । त्यसको लागि आभार ब्यक्त गर्न चहान्छु ।

जर्मन सरकारले नेपाल सरकारलाई अवश्य सहयोग गर्छ, उनले भने । उनको साथमा जर्मन राजदुतावासका साइमन हेन्केले र डब्लुडब्लुएफ जर्मनका प्रतिनिधि आरनुफ कोहके रहेका छन् । बर्दिया भ्रमण ३ दिन रहने तराई भु–परिधी कार्यक्रम कोहलपुर बाँकेका कार्यक्रम सह–प्रबन्धक कमल राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय