आयुर्वेद स्वास्थ्य शिबिरबाट ५२ जना ज्येष्ठ नागरिक लाभान्वित
शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया, फागुन १९ / बढैयाताल आयुर्वेद्ध स्वास्थ्य शिबिरबाट ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । जमुनी आयुर्वेद्ध औषाधालय र जिल्ला आयुर्वेद्ध स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा भएको शिबिरबाट बढैयाताल गाउँपालिका –८ का ५२ जना ज्येष्ठ नागरिक लाभान्वित भएका हुन् ।

शिबिरमा उच्च रक्तचाप र मधुमेहको परिक्षण गरिएको र सेवा ग्राहिको भनाईको आधारमा औषधी बितरण गरिएको जनाएको छ । सिबिरमा आएका अधिकांश ज्येष्ठ नागरिकको दम, उच्च रक्तचाप, मधुमेह (सुगर) ग्याष्टिक हाड जोर्नीको तथा नसाको समसया भएका बिरामी आएका शिबिरका स्वास्थ्यकर्मीले जनाएका छन् ।

जिल्ला आयुर्वेद्ध स्वास्थ्य केन्द्रका प्रमुख डा.कलावती बिश्वकर्माका अनुसार नागरिक आरोग्य , आयुर्वेद्ध औषधीको महत्व, आवाश्यक्ता, प्रभाबकारीताको बारेमा सचेतना गराउन, अशक्त तथा ज्येष्ठ नागरिकलाई घर दैलोमा स्वास्थ्य सेवा प्रदान गर्न, जनचेतनाको माध्ययमबाट घर घरमा स्वास्थ्य जीवन शैली प्रर्बद्धन गर्न, प्रकृति मैत्री नमुना गाउँ शहर बनाउन, स्वास्थ्य वाताबरण र मानब जीवनको लागि उपयोगि जडीबुटीको खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले शिबिरको आयोजना गरिएको आयुर्वेद्ध स्वास्थ्य केन्द्रले जनाएको छ ।

पशुपती शान्ति शिवालय सुदामा बृद्धाश्रमको समन्वयमा भएको स्वास्थ्य शिबिर बढैयातालका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा तथा आश्रमका अध्यक्ष टुकराज घिमिरेको अध्यक्षतामा भएको हो । आश्रमको प्रांगणमा भएको शिबिरमा वडा नं ८ अध्यक्ष तेजनाथ पौडेल, स्थानिय संघ सस्थाका प्रतिनिधी, जिल्ला आयुर्वेद्ध स्वास्थ्य केन्द्र र जमुनी आयुर्वेद्ध औषाधालयका स्वास्थ्यकर्मी ज्येष्ठ नागरिक लगायतको सहभागिता रहेका आश्रमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय