गाडीसहित अबैध सामान बरामद
शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित

बर्दिया, फागुन १९ (फरकसमाचार) / भारतबाट भन्सार छली ल्याउदै गरेको गाडीसहित सामान र दुई जनालाई प्रहरील पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१ खैरापुर स्थितबाट प्रहरीले अबैध सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

प्रक्राउ पर्नेमा मधुवन नगरपालिका–८ का २८ वर्षिय हरि चौधरी र २७ वर्षिय मुकेश चौधरी रहेका छन् । दुवै जनाले बुधबार बिहान ३ बजे भे १ च ३४०१ नंम्बरको गाडीमा भारतबाट अबैध रुपमा सामान लोड गरि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । नजिकिदै गरेको होली पर्वलाई मध्यनजर गरी भारतबाट अबैध सामान ल्याउदै गरेको खुलेको छ ।

प्रहरीका अनुसार मुल्य रु १९ लाख ९४ हजार ६ सय ९० बराबरको अबैध सामान बरामद भएको छ । बरामद सामानमा कपडाहरु, होली प्रयोजनको लागि आवश्यक सामाग्रीहरु र अब्बीर रहेको छ । प्रहरीले नियन्त्रणमा लिएको गाडीसहित मालसामान र मानिसलाई आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालयमा बुझाएको डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय