गुलरियामा देशकै उत्कृष्ट टायल उद्योग खुल्दै
शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित

दीपकलाल श्रेष्ठ

बर्दिया, फागुन १९ / गुलरिया नगरपालिका–८ मा ३ अरबको लगानीमा टायल उत्पादन गर्ने गरि लुम्बिनी सेरामिक्स प्रालि उद्योगको शिलान्यास गरिएको छ । उक्त टायल उद्योगको शुक्रबार विधिवत रुपमा गुलरियामा शिलान्यास गरिएको हो ।

३ अरब भन्दी बढी लगानिमा घरमा र बाथरुममा प्रयोग गरिने गुणस्तरीय टायल उत्पादन गर्ने उदेश्यले शुक्रबार संरचना निर्माणको कार्य सुरुवात गरिएको लुम्बिनी सेरामिक प्रालिका संचालक श्याम खेतानले बताए ।

टायलका विभिन्न प्रकार मध्ये नेपालमा उत्तम मानिएको जिभिटि टायल उत्पादन गर्न लागिएको लुम्बिनी सेरामिक्स प्रालिका निर्देशक अभिनव चुरिवालले जानकारी दिए । शुक्रबार शिलान्यास गरिएको करिव १८ महिना भित्रमा भौतिक संरचना निर्माण हुने र त्यस पछि टायल उत्पादन सुरु हुने कम्पनीका निर्देशक अभिनवले सुनाए ।

नेपालमा टायलको माग धेरै रहे पनि मागको करिब २० प्रतिशत मात्र हाल नेपालमा टायल उत्पादन हुने गरेको पछिल्लो तथ्यांक रहिआएको देखिन्छ ।
गुलरियामा खुल्न लागेको उद्योग १३ बिगाहा छेत्रफलमा फैलिएको छ । उद्योग संचालनमा आएपछि स्थानीय ३ सय देखि ४ सय जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।
कच्चा पदार्थका लागि माटो कैलाली र अन्य कच्चा पदार्थ भारतबाट आयात गरिने समेत निर्देशक अभिनवले जानकारी दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्व सिंचाई मन्त्री एवं संघीय सांसद संजय गौतमले लामो समयको प्रयास पछि गुलरियामा उद्योग स्थापनार्थ सफलता मिलेको बताए । अबका दिनमा उद्योग भित्राउनमा सबैले सहयोग गर्नुपर्ने र अरु उद्योगीहरुलाई समेत यस क्षेत्रमा उद्योग खोल्नका लागि प्रोत्साहन गर्नुपर्ने समेत संघीय सांसद गौतमले भनाई राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर