बर्दिया, फागुन २२(फरकसमाचार) / भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा थुपारिएको सामान प्रहरीले बरामद गरेको छ ।
बढैयाताल गाउँपालिका–२ फुटहा स्थितबाट प्रहरीले अबैध सामान शनिबार राति बरामद गरेको हो । प्रहरीका अनुसार मुल्य रु ३२ हजार ५ सय ३० बराबरको बेवारिसे अवस्थामा अबैध सामान बरामद भएको छ ।
मकैको बिउ, माउन्टेन डिउ, चिनी, बिस्कुट, मिठाई, होली पर्वको लागि रंगलगायत किराना सामान बरामद भएको छ । प्रहरीले बरामद गरेको बेवारिसे अबैध सामान राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।