प्यानलसहित अध्यक्षमा पुनःशर्मा दोहोरिए
सोमबार, फागुन २२, २०७९ मा प्रकाशित

बर्दिया, फागुन २२ (फरकसमाचार) / गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा मिनराज शर्मा प्यानलसहित पुनःदोहोरिएका छन् । खानेपानी उपभोक्ता समितिको चुनावमा दुई फरक फरक गठबन्धन चुनावि मैदानमा उत्रिएका थिए । एमाले र राप्रपाको गठबन्धनमा मिनराज शर्माको नेतृत्व थियो भने ८ दलिय गठबन्धका तर्फबाट कोषराज निरौलाको नेतृत्वमा प्यानल चुनावि मैदानमा उत्रिएको थियो ।

आठ दलिय गठबन्धनले राप्रपा र एमालेका गठबन्धनको प्रतिस्पर्धामा कार्यसमितिको सबै पद गुमाएको छ । शनिबार राती सम्पन्न भएको मतगणनामा आठ दलिय गठबन्धनका प्रतिद्वन्दी निरौलालाई पराजित गर्दै शर्मा पुनः निर्वाचित भएका हुन् । शर्माले २ सय ९४ मत प्राप्त गरेका थिए भने उनको प्रतिद्वन्दी निरौलाले १ सय ९७ मत पाएका थिए । शर्मा ९७ मतान्तरले निर्वाचित भएका छन् ।

उपाध्यक्ष पदमा प्रभा केसी विजयी भएकी छन् । केसीले २ सय ९० मत प्राप्त गरेकी थिईन् भने उनको प्रतिद्वन्दी तुल कुमारी केसीले १ सय ७२ मतमा सिमित भएकी थिईन् । सर्वाधिक मत ल्याएर सचिव पदमा कृष्ण थापा क्षेत्र विजयी भएका छन् । उनले ३ सय १४ मत पाएका छन् । जबकी उनको प्रतिद्वन्दीले १ सय ५० मत ल्याउन सफल भएका छन् ।

त्यसैगरी कोषाध्यक्ष पदमा बासुदेव चौधरी निर्वाचित भएका छन् । चौधरीले २ सय ३२ मत पाएका थिए । उनको प्रतिद्वन्दी रमेश चौधरीले पनि समान मत ल्याएका थिए । दुवै जनाको समान मत हुँदा गोलाप्रर्थाबाट बासुदेव विजयी भएका हुन् । सह–सचिवमा लक्ष्मी भुर्जी विजयी भएकी छन् । उनले २ सय ४३ मत ल्याएकी छन् भने उनको प्रतिस्पर्धीले १ सय ९५ मत पाएकी छन् । त्यसैगरी सदस्य महिला तर्फ गोमा भण्डारी, देवी अधिकारी, पुष्पा शर्मा र अनिता रावल निर्वाचित भएका छन् । सदस्य खुल्ला तर्फ मुरारीलाल थारु र कमलराज शर्मा चुनिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय