हत्या आरोपमा एक पक्राउ
सोमबार, फागुन २२, २०७९ मा प्रकाशित

बर्दिया, फागुन २२ (फरकसमाचार) / हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–४ मैनावार घर भई हाल वडा नंम्बर १ भुरिगाउँमा डेरा गरि बस्ने ४५ वर्षिय जन्जीरे थारुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

ठाकुरबाबा नगरपालिका–५ बस्ने गोबिन्दपुर घुम्ने फाँटाका अतवारी थारुले मेरो श्रीमति सोनचिरिया थारुको जन्जीरे थारुले हत्या गरि फालेको प्रहरीमा किटानी जाहेरी दिएका थिए । सोही अनुसार प्रहरीले जन्जीरेलाई नियन्त्रणमा लिएको छ ।

घटना यस्तो घटेको थियो । गत मंगलबार बिहान १२ बजे ठाकुरबाबा नगरपालिका–५ बस्ने गोबिन्दपुर घुम्नेफाँटाकी ४२ वर्षिय सोनचिरिया थारु घरबाट औषधी गर्न जान्छु भनि निस्केकी थिईन् । औषधी गर्न भुरिगाउँ बजार तर्फ हिडेकी थिईन् । बेलुका अबेरसम्म घर नफर्किदा आफन्तले खोजतलास गरे । तर कतै भेटाएनन् । अर्को दिन बुधबार बिहान ७ बजे ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बजारमा रहेको नेपाल टेलिकमको कार्यालय नजिक सोनचिरिया मृत अवस्थामा फेला परिन् । घटना शंकास्पद थियो । प्रहरीले अनुसन्धान सुरु ग¥र्यो ।

प्रहरीको अनुसन्धानमा पक्राउ परेका थारु र मृतक बिच पटक पटक फोन सम्पर्क भएको रेकर्ड छ । त्यसैगरी मृतकको चप्पल पनि जन्जीरे थारु बस्ने डेराको पुर्व पट्टी खेतबारीमा लुकाई राखेको अवस्थामा फेला परेको छ । मृतकको चप्पल लुकाएको जन्जीरेले प्रहरी समक्ष स्वीकार गरेका छन् । प्रहरीले जन्जीरे थारुलाई नियन्त्रणमा लिई अदालतबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय