बदिया, फागुन २५ (फरकसमाचार) / ११३औं अन्तर्राष्ट्रिय महिला दिवस गुलरियामा भव्य रुपमा मनाईएको छ । ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस बुधबार मनाईएको हो । यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाईन्छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसमा गुलरियामा निकालीएको ¥यालीमा पुरुषको ऐक्यबद्धता पनि झल्किएको छ । ११३औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समिति गुलरिया नगरपालिकाको आयोजनामा निकालीएको ¥यालीमा सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाका महिला पुरुष प्रतिनिधिको ऐक्यबद्धता देखिएको छ । यस सहभागिताले महिला–पुरुष बरीबरीको सन्देश पनि दिएको छ ।
¥यालीमा बिहेवारी बीस वर्ष पारी, छोरा छोरी बराबरी, महिलालाई हिंसा होइन सम्मान गर्न सिकौं, लैंङ्गिक हिंसा बन्द गरौं, महिला उपर यौनजन्य हिंसा बन्द गरौं, महिला एकता जिन्दाबादलगायत नारा लगाएका थिए ।
¥यालीमा गुलरिया नगरपालिकाकी नगर उप–प्रमुख सावित्रा गौतम, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधिर राज शाही, सशस्त्र प्रहरी उपरीक्षक हर्क बहादुर शाही, गुलरिया नगरपालिकाका लेखा प्रमुख रुपसिङ खत्री, सुचना अधिकारी मुकुन्द अर्यालय, शिक्षा शाखाका प्रमुख सतिस यादव, महिला तथा बालबालिका शाखाकी प्रमुख शिला शाह, गुलरिया नगरपालिका–५ का वडा अध्यक्ष मुम बहादुर मल्ल र बारएसोसियनका अध्यक्ष कमल पाण्डे, संघसंस्थाका महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मूल समारोह समितिको आयोजना निकालीएको ¥याली गुलरिया बजार परिक्रमा गरि गुलरिया नगरपालिकाको प्राङ्गणमा कोणसभामा परिणत भएको थियो ।