अबैध रुपमा ल्याईएका १४ जिउ राँगा प्रहरीको नियन्त्रणमा
शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित

बर्दिया, फागुन २६ (फरकसमाचार) / भारतबाट अबैध रुपमा ल्याईएका १४ जिउ राँगा प्रहरीले नियन्त्रणमा लिएको छ । मधुवन नगरपालिका–३ खाता देखि पथ्थरबोझी जाने कच्ची सडक खण्डबाट बिहीबार प्रहरीले राँगा नियन्त्रणमा लिएको हो ।

भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा राँगा प्रहरीले नियन्त्रणमा लिएको छ भने राँगा ल्याउने कार्यमा संलग्न मानिसहरु फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रति राँगाको अन्दाजी मुल्य रु ५० हजारका दरले जम्मा रु ७ लाख बराबरको १४ जिउ राँगा पक्राउ परेको छ ।

प्रहरीले नियन्त्रणमा लिएको राँगा राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको ईलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर