चोरीको मोटरसाईकलसहित एक पक्राउ
सोमबार, फागुन २९, २०७९ मा प्रकाशित

बर्दिया, फागुन २९ (फरकसमाचार) / चोरी भएको मोटरसाईकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–५ जगतपुर बस्ने २९ वर्षिय शंकर परियारलाई प्रहरीले प्रक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका–५ का ६८ वर्षिय कृपाराम थारुको भे २ प ५०९८ नम्बरको मोटरसाईकल गत शुक्रबार चोरी भएको थियो । मोटरसाईकल चोरी भएको तीन दिन भित्र प्रहरीले मोटरसाईकलसहित परियारलाई पक्राउ गर्न सफल भएको छ ।

मोटरसाईकल चोरी भएको ईलाका प्रहरी कार्यालय मैनापोखरमा थारुले निवेदन दिएका थिए । मोटरसाईकल चोरी भएको उजुरी आएपछि खोजतलासमा प्रहरी जुटेको थियो । प्रहरीका अनुसार परियारले आफ्नै घरमा लुकाई छिपाई राखेको अवस्थामा मोटरसाईकल फेला परेको छ । प्रहरीले परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय