बर्दिया, फागुन २९ (फरकसमाचार) / एकआपसमा सामान्य विवाद हुँदामा नास्ता पसलका संचालकले शरीरमा तातो चिया खनियाईदिँदा एक युवा घाईते भएका छन् । गुलरिया नगरपालिका–७ का इरफान कुरेसी घाईते भएका हुन् । सफिक हलवाईले शुक्रबार कुरेसीमाथि तातो चिया खनियाएका हुन् । कुम र घाँटी र हातमा तातो चियाले पोलेर कुरेसी घाईते भएका छन् ।
अहिले कुरेसीको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी डिएसपी हिक्मत बहादुर बोहराले बताए । ‘दुवै जना बिच सामान्य भनाभन हुँदा आवेशमा आएर हलवाईले कुरेसीमाथि तातो चिया खन्याएको बुझिएको छ’ डिएसपी बोहराले भने,‘प्रहरीले हलवाईलाई नियन्त्रणमा लिई कारवाहीको प्रक्रिया अघि बढाएको छ ।’