बैदेशिक रोजगारमा जानेलाई सचेत गराउँदै आमकास
बुधबार, चैत ०१, २०७९ मा प्रकाशित

बर्दिया, चैत ०१ (फरकसमाचार) / बिदेशिने चक्करमा रहेका मानिसलाई आप्रावासी महिला कामदार संस्थाले सचेत गराईरहेको छ । बिदेशबाट फर्केका मानिसहरुको अनुभव साटासाट गराई आमकासले अन्य मानिसलाई सचेत गराईरहेको हो ।

बिदेशीनु कसलाई रहर हुन्छ । तर बाध्यताले बिदेशिनु परे पनि आधारभुत ज्ञान नभए धेरै दुःख पिडा भोग्नु परेको छ । कति नेपाली बिदेशी कारागारमा जेल जिवन बिताईरहेका छन् भने कतियौ अलपत्र परेका छन् । यी यावत कुराहरु समाचारमा सुन्न सकिन्छ ।

सकेसम्म बिदेश नजान र जानै परे के कस्तो मापदण्ड पु¥याएर मात्र जान संस्थाले सचेत गराईरहेको छ । गुलरिया नगरपालिका–५ को आर्थिक सहयोग र आमकास बर्दियाको आयोजनामा बिदेशबाट फर्केका महिलाहरुलाई सशक्तिकरण अन्तरक्रिया कार्यक्रम मंगलबार भएको छ ।

बिदेश जाँदा नेपालबाट नभई गैर कानुनी रुपमा भारत हुँदै गएको पनि देखिने आमकास बर्दियाकी अध्यक्ष संगिता महताराले बताईन् । ‘गैरकानुनी रुपमा गएका कतियौं व्यक्ति मानसिक, शारीरिक र आर्थिक शोषणमा पर्ने गरेका छन्’ अध्यक्ष महताराले भनिन्,‘बिदेशीने मानिसहरुलाई व्यापक रुपमा सचेत गराउँने काम गरिरहेका छौं ।’ बिदेशमा अलपत्र परेकालाई फर्काउन आमकासले सम्बन्धित निकायमा निरन्तर पहल गरिरहेको छ । साथै बिदेशबाट फर्केका व्यक्तिहरुले विदेशमा आर्जन गरेका सीपको प्रयोग गरी स्वदेशमा रोजगारीका लागि आमकासले सघाईरहेको अध्यक्ष महताराले जानकारी दिईन् ।

अन्तरक्रिया कार्यक्रममा बिदेशबाट फर्केकी गुलरिया नगरपालिका–५ की मोटी थारुले आफ्नो अनुभव साटेकी छन् । सकेसम्म बिदेश जानु हुदैन । बाध्यताले जानु परे जाने देशको बारेमा आधारभुत ज्ञान सीप हुनु जरुरी रहेको बताईन् । आफु रोजगारको लागि कतार गएको सुनाईन् । ‘भाषाको ज्ञान नहुँदा हातको इसारामा काम गरे’ उनले भनिन्,‘काम सहज भएपनि भाषाको ज्ञान नहुँदा धेरै गाह्रो महसुस भयो ।’ नेपाल सरकारको मापदण्ड पु¥याएर बैधानिक तरिकाले मात्र जाने आग्रह समेत गरिन् ।

अनुभव साट्ने क्रममा गुलरिया नगरपालिका–५ की विष्णु पौडेलले कोही पनि बिदेश नजान अनुरोध गरिन् । ‘मान्छेले बिदेशमा सहजै रुपियाँ कमाउने चक्करमा जान्छन्’ उनले भनिन्,‘तर त्यस्तो नहुँदोरहेछ ।’ बिदेशमा गाएर धेरै दुःख पिडा हुने सुनाईन् । मान्छे बिदेशमा गएर जति मेहनत गर्छन्, त्यति मेहनत यही गरे धेरै कमाउन सक्ने उनले अनुभव साटिन् । बैदेशीक रोजगारमा आफु दुबई गएको सुनाईन् । दुबईको कम्पनीमा बिरामी हुँदा पनि १८ घण्टा कष्टकर डिउटी गरेर आएको जनाईन् । यदि बिदेश जानु परे योग्यता अनुसार सीप सिकेर मात्र जाने उनले भनाई राखिन् ।

बिदेशीने क्रममा नठागिन र के कस्ता कानुनी प्रक्रिया पुरा गरेर जानुपर्ने वरिष्ठ अधिवक्ता नरेन्द्र शर्माले जानकारी गराएका थिए । बिदेशमा मानसिक, शारीरिक र आर्थिक शोषणमा हुँदा कहाँ र कसरी कानुनी उपचार खोज्ने बारेमा व्यापाक जानकारी अधिवक्ता शर्माले गराएका थिए ।

अन्तरक्रिया कार्यक्रममा गुलरिया नगरपालिका–५ का वडा सदस्यहरु, वडा सचिव घनश्याम अधिकारीलगायत प्रत्येक टोलबाट दुई/दुई जनाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर