भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित

काठमाडौँ, चैत २ / नेपाल आयल निगमले भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको जनाएको छ ।

जसअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको छ ।

निगमका एक अधिकारीले मूल्य घटेको आएपनि स्वचालित मूल्यअनुसार अब के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय हुने बताए ।  हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा  रहेको छ । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय