खुट्टामा ठड्याईदिन युवाको आग्रह
बुधबार, चैत ०८, २०७९ मा प्रकाशित

कृष्ण प्रसाद भुसाल

बर्दिया, चैत ८ (फरकसमाचार) / गुलरिया नगरपालिका–९ टेपरी गाउँका टेक बहादुर गाईनेले भाँचिएको खुट्टा निको गरि ठड्याईदिन आग्रह गर्दै यति बेला  भौतारिरहेका छन् । विगत दुई महिना देखि भाँचिएको खुट्टामा उनी भौतारिरहेका छन् । आर्थिक स्थित अत्यन्तै कमजोर रहेकोले उनी भाँचिएको खुट्टामा हिड्न बाध्य भएका छन् । आफुसंग धन सम्पत्ति केही पनि नभएकोले भाँचिएको खुट्टामा हिड्न बाध्य भएका छन् । अशक्त बुवाआमालाई पाल्ने जिम्मेवारीमा रहेका टेक बहादुरको आफ्नै खुट्टा भाँचिदाँ परिवार बिचल्लीमा छ ।

‘कमाएर अशक्त बुवा आमालाई पाल्ने इच्छा छ’ गुलरियामा आइतबार भेटिएका गाईने भने,‘भाँचिएको खुट्टाको उपचार गरि मेरो खुट्टामा ठड्याईदिन सबैसंग बिनम्र अनुरोध छ ।’ यति सहयोग गरे हजुरहरुको गुन कहिल्यै नबिर्सिने सुनाएका छन् ।

अशक्त बुवा आमालाई पाल्ने जिम्मेवारीमा रहेका गाईने कमाउने शिलशिलामा माघ महिनामा भारत हिडेका थिए । कमाउने चक्करमा जादाँ जादै भारतको ऋषिकेश स्थित दुर्घटनामा परे । मोटरसाइकलले ठक्कर दिदाँ उनको दाहिने खुटट भाँचियो । विगत दुई महिना देखि लठ्ठीको सहारा लिई उनी उपचारको लागि गुहार गरिरहेका छन् । तर,बेसहाराको सहारा दिने कोहीँ हुदैन, भने जस्तै उनलाई कोहीँ सम्बन्धित निकायले नसघाँएको पाईएको छ ।

उनी दुई लठ्ठी टेक्दै भाँचिएको खुट्टा जोडाउने दौडधुपमा छन् । स्थानीय सरकारले उनलाई निशुल्का औषधी उपचारको लागि सिफारिस पत्र दिए पनि उनको उपचार भएको छैन । खुट्टा जोडाउन स्थानीय सरकारको सिफारि पत्र बोकेर बाँके गएका गाईने बिना उपचार फर्किन बाध्य भएका छन् । औषधी उपचारको लागि केही रकम चाहिने भएको हुदाँ फर्किएको उनले जनाए । यतिबेला उनी खुट्टा निको बनाउन सहयोगको अपिल गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय