कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार पक्राउ
बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित

बर्दिया, चैत ९ (फरकसमाचार) / कर्तव्य ज्यान मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–६ का अमर सिंह थारुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

थारुलाई अदालतले गत कात्तिक २९ गते कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद, रु एक लाख जरिवाना र रु २५ हजार क्षतिपुर्ती तोकेको थियो । अदालतले सजाय तोकेदेखि थारु फरार रहेका थिए ।

बाँसगढी नगरपालिका–६ मोतीपुर स्थित लुकिछिपी बसेको अवस्थामा प्रहरीले थारुलाई पक्राउ गरेको हो । प्रहरीले थारुलाई नियन्त्रणमा लिई बुधबार अदालतमा उपस्थित गराई कैद सजाय भुक्तानको लागि कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय