वित्तिय साक्षरता कार्यक्रम शुरु
शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित

बर्दिया, चैत १० (फरकसमाचार) / वित्तिय सेवालाई प्रभावकारी बनाउन साक्षरता कार्यक्रम शुरु गरिएको छ । एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेडले शुक्रबार गुलरियामा साक्षरता कार्यक्रम गरेको हो ।

वित्तिय संस्थासंग जोडिएका सदस्यहरुलाई विश्वास दिलाई लामो समयसम्म टिकाउनको लागि वित्तिय साक्षरता कार्यक्रम संचानलन गरिएको छ । गुलरियाबाट सुरु भएको साक्षरता कार्यक्रम एक सातासम्म चल्नेछ ।

शुक्रबार गुलरियामा साक्षरता कार्यक्रम सम्पन्न भएको एनआईसी एसिया लघुवित्त वित्तिय संस्थाकी शाखा प्रबन्धक सामना खनालले बताईन् । जिल्लाका अन्य पाँच शाखामा साक्षरता कार्यक्रम गरिने जनाईन् ।

राजापुर, मधुवन, ठाकुरद्वारा, गेरुवा र मगरागाढीमा साक्षरता कार्यक्रम हुन जनाईएको छ । साक्षरता कार्यक्रममा प्रशिक्षण भगत राज सुवेदीले गरिरहेका छन् ।साक्षरता कार्यक्रममा लघुवित्तका पदाधिकारी, महिला सदस्य र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय