एमबीबीएस प्रबेश परीक्षामा नेपाल प्रथम बनेका भण्डारीलाई सम्मान
सोमबार, चैत १३, २०७९ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया, चैत १३ / शुभकामना एकेडेमी बढैयातालले एमबीबीएसको प्रबेश परिक्षामा सर्वोकृष्ट अंक ल्याई नेपाल प्रथम बनेका प्रतिक भण्डारीलाई सम्मान गरेको छ ।
शुभकामना एकेडेमीका पूर्व बिद्यार्थी भण्डारीले नेपाल सरकार चिकित्सा शिक्षा आयोगद्वारा २०७९ मा सञ्चालित एमबीबीएसको २ सय पुर्णाङ्कको प्रबेश परिक्षामा १ सय ७८.७५ अंक हासिल गरि नेपाल प्रथम भएको भन्दै भण्डारीलाई सम्मान गरेको हो ।

२०५७ सालमा स्थापना भएको सस्थागत बिद्यालय शुभकामना एकेडेमीले सनिबार आयोजना गरेको बिद्यार्थी सम्मान कार्यक्रममा एकेडेमीका पूर्व बिद्यार्थी भण्डारीसहित राष्ट्रिय परिक्षा बोर्डको कक्षा १२ को परिक्षामा बर्दिया जिल्ला प्रथम बिद्यार्थी बिश्वास चापागाईलाई पनि सम्मान गरेको छ ।

सर्वोकृष्ट बन्न सफल शुभकामना पूर्व बिद्यार्थी भण्डारी र चापागाईलाई कार्यक्रमका प्रमुख अथिति एबं बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले एमबीबीएसको प्रबेश परिक्षामा सर्वोष्कृट भई नेपालमा बर्दिया जिल्लालाई चिनाउन सफल भएका भण्डारी र जिल्ला प्रथम भएका चापागाईको मेहेनतबाट प्राप्त प्रतिफलको उच्च कदर गर्दै दोसल्ला र प्रमाण पत्रबाट सम्मन गर्न पाउनु सौभाग्य भएको बताए । शिक्षामा सफलता शिक्षक, बिद्यार्थी र अभिभाबकको हातमा हुने भएकोले यस प्रति सबैको ध्यान जानु पर्नेमा जोड दिए । पढाई प्रतिको लगाब र कडा परिश्रमबाट सफलता हासिल गरेका दुबै बिद्यार्थीलाई पालिकाले पनि सम्मान गर्ने अध्यक्ष त्रिपाठीले जनाए ।

बढैयाताल गाउँपालिका–८ अन्तर्गत कण्ठपुरमा सञ्चालित संस्थागत शैक्षिक संस्था शुभकामना एकेडेमीबाट २०७६ सालको एसइइ परिक्षामा जिपिए ४ ल्याउन सफल बिद्यार्थी प्रतिकले एमबीबीएसको प्रबेश परिक्षामा पनि आफुलाई अब्बल साबित गरेका थिए । चिकित्सा शिक्षा आयोगद्वारा २०७९ मा सञ्चालित एमबीबीएसको प्रबेश परिक्षामा देशभरबाट करिब १९ हजार भन्दा धेरै परिक्षार्थीले सहभागिता जनाएका थिए ।

शुभकामना एकेडेमीको सस्थापक शिक्षक सुमन पौडेलको अध्यक्षतामा भएको बिद्यार्थी सम्मान कार्यक्रममा शिक्षा बिकास ईकाई बर्दियाका प्रमुख रेबिका आमात्य, प्यापसनका केन्द्रिय सल्लाहकार निर्मल गौतम, प्यापसन बर्दियाका अध्यक्ष घनश्याम शर्मा, शारदा माबि मैनापोखरका प्रध्यानाध्यापक दिनबन्धु यादब, युबक आबि बोकटीयाका प्रध्यानाध्यापक राजेश्वर थापा अभिभाबक पुस्कर सापकोटा लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

बिबिध सांस्कृतिक कार्यक्रमका साथ आयोजना गरेको सम्मान कार्यक्रममा बढैयातालमा अबस्थित सामुदायिक तथा संस्थागत बिद्यालयका प्रध्यानाध्यापक, बढैयाताल गाउँ पालिका ८ का अध्यक्ष तेजनाथ पौडेल, अभिभाबक, शिक्षा शाखाका प्रतिनिधि, शिक्षक, बिद्यार्थी पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रममा स्वागत सनत पौडलले र प्रिन्सिपल संजय श्रेष्ठले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय