अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि बढैयाताल गाउँपालिकालाई
मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित

दीपकलाल श्रेष्ठ

बर्दिया, चैत १४ / चौथो जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि बढैयाताल गाउँपालिकाले जितको छ ।

‘युवा नै हो देशको सान, सबैले गरौ खेलकुदमा योगदान’ भन्ने मुल नाराका साथ आउँदो चैत ४ गतेबाट सुरु भएको प्रतियोगिताको उपाधि बढैयाताल गाउँपालिकाले मधुवन नगरपालिकालाई २–१ ले पराजित गर्दै विजयी भएको हो ।

सोमबार भएको फाइनल खेलको पहिलो हाफको ३८ औं मिनेटमा बढैयाताल गाउँपालिकाका जर्सी नम्बर ७ का आशिष सिंह ठकुरीले पहिलो गोल गरेका थिए । पहिलो हाफमा १–० ले अगाडी रहेको बढैयाताल गाउँपालिका दोस्रो हाफको मधुवन नपाको जर्सी नम्बर ७ का शम्भु थारूले गोल गर्दै खेल बराबरीमा गरेका थिए । अति प्रतिस्पर्धात्मक बढैयाताल गाउँपालिकाका आशिष सिंह ठकुरीले खेलको ७९ औं आकर्षक गोल गर्दै विजयी गोल गरेका थिए । जिल्ला भरिका ८ वटै पालिकाको सहभागिता रहेको प्रतियोगिता नकआउटको आधारमा सञ्चालन भएको थियो ।

बर्दिया जिल्ला फुटबल संघको समन्वयमा भएको खेलमा प्रथम हुने टिम बढैयाताल गाउँपालिकालाई नगद १ लाख ५ हजार ५ सय ५५ प्राप्त गरेको छ भने दोस्रो हुने मधुवन नगरपालिकालले ५१ हजार १ सय ११ प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच आशिष सिंहठकुरी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय