बिना ईजाजत रुख काट्ने एक पक्राउ
बुधबार, चैत १५, २०७९ मा प्रकाशित

बर्दिया, चैत १५ (फरकसमाचार) / बिना ईजाजत रुख काटेको कसुरमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–७ का ३५ वर्षिय दुखराम थारुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

अदालतले विस २०७९ साल बैशाख १४ गते बिना ईजाजत रुख काटेको मुद्दामा थारुलाई १ महिना कैद र रु १० हजार ९ सय ५८ जरिवाना तोकेको थियो । अदालतले सजाय तोके देखि थारु फरार रहेका थिए ।

गुलरिया नगरपालिका–६ स्थित लुकिछिपी बसेको अवस्थामा थारुलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । प्रहरीले थारुलाई नियन्त्रणमा लिई अदालतमा उपस्थित गराई कैद सजाय भुक्तान गराउनको लागि कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर