लुकाई छिपाई राखेको काठ बरामद
बिहिबार, चैत १६, २०७९ मा प्रकाशित

बर्दिया, चैत १६ (फरकसमाचार) / लुकाई छिपाई बेवारिसे अवस्थामा राखिएको सागुन जातको काठ प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–८ आशापुर स्थित अरहर बारी र आँपको बगैचामा लुकाई छिपाई बेवारिसे अवस्थामा राखिएको काठ प्रहरीले बुधबार बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो । प्रहरीका अनुसार ४५.५७ क्यू फिट सागुन जातको काठको गोलिया १५ वटा बरामद भएको छ । बरामद काठ मुल्य रु ६८ हजार ३ सय ५५ बराबर रहेको छ ।

बरामद काठ आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय