बढैयातालमा गन्धर्व संगित प्रशिक्षण सुरु
बिहिबार, चैत १६, २०७९ मा प्रकाशित

दिनेश ठाकुर

बर्दिया,चैत १६ / ग्रामिण पर्यटन प्रर्वधन कार्यक्रम अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिकामा ३ महिने गन्धर्व संगित प्रशिक्षण कार्यक्रम सुरु भएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरको आर्थिक सहयोगमा संकटमा परेका गन्धर्व जातिको पेशालाई संरक्षण गर्ने, संवर्धन गर्ने र आधुनिकरण गर्ने कार्यक्रम अन्तर्गत गन्धर्व संगित प्रशिक्षण कार्यक्रम शुरु गरिएको हो । दाङ्ग, बांके, बर्दिया, प्युठान गरि ४ वटा जिल्लामा पर्यटन प्रर्वधन कार्यक्रम अन्तर्गत ४० लाख बजेट पर्यटन डिभिजन कार्यालय कोहलपुरले बिनियोजन गरेको छ । जसमध्ये १० लाख बजेट बर्दियाको बढैयाताल गाउँपालिका–४ मा रहेको गन्धर्व बस्तिमा संगित प्रशिक्षण कार्यक्रम शुरु गरिका छ ।

जनाता आवास कार्यक्रम अन्तर्गत गन्धर्व बस्तिमा ८०, ८५ वटा घरहरु बनेको, बाटोहरु बनेको बढैयाताल गाउँपालिका–४ का वडा अध्यक्ष नरे थापाले बताए । लोप हुने अवस्थामा पुगेको गन्धर्व जातिको पेशालाई यस संगित प्रशिक्षण कार्यक्रमले गन्धर्व जातिको पेशालाई जर्गेन गर्न थप टेवा पुग्ने उनको भनाई छ । साथै यस ठाउँमा गन्धर्व जातिको लागि संग्रालयकोे आवश्यकता भएको उनको भनाई छ ।

संगित प्रशिक्षण कार्यक्रमले गन्धर्व जातिमा ब्यवासायिक आर्थिक उत्पादन कार्यक्रम तिर लैजानु पर्ने बढैयाताल गाउँपालिका–९ का वडा अध्यक्ष बीर बहादुर चौधरीको भनार्ई रहेको छ । गन्धर्व जातिलाई आधुनिक संगित समुह भनेर चिनिनु पर्ने उनको भनाई छ । यसले गर्दा गन्धर्व जातिको साथसाथै बढैयाताल गाउँपालिका हुदै बर्दियालाई संगित क्षेत्र, पर्यटन क्षेत्रमा बिकास हुने उनको भनाई थियो ।

संगित प्रशिक्षण कार्यक्रमले गन्धर्व जातिको पेशालाई जोगाई राख्न कोशे ढुङ्गा सावित हुने बढैयाताल गाउँपालिका–८ का वडा अध्यक्ष तेज नाथ पौडेलको भनार्ई रहेको छ । उनले पुर्खाले अंगालेका पेशालाई पुस्ता हस्तान्तरण नभएकाले गन्धर्व जातिको पेशा संकटमा परेको उनको भनार्ई थियो ।

आफ्नो समुदाय यही पेशा गरेर खाने भएको हुदा संगित प्रशिण कार्यक्रमले थप टेवा पुग्ने गन्धर्व समाजका सदस्य बिर बहादुर गन्धर्वको भनाई छ । ३ महिनासम्म प्रशिक्षण कार्यक्रम हुने भएकोले प्रशिक्षणकाल भर थोरै आर्थिक सहयोग भए राम्रो हुने उनको भनाई थियो ।

बर्दियामा भएको गन्धर्व जातिको पेशालाई बर्दिया लगायत देशभरिनै चिनिने बनाउनको लागि स्थानिय सरकार लगायत सम्बन्धित निकायको ध्यान दिन जरुरी देखिएको छ । बर्दिया जिल्ला पनि गन्धर्व संस्कृतिमा धनि भन्ने मेचि देखि महाकालिसंम्म फैलाउनुपर्ने आजको आवस्यकता रहेको छ । यस्तो हुनसके बर्दिया जिल्ला पर्यटन बिकासमा अघि बढ्ने स्थानियहरुको बिश्वास रहेको छ । गत फागुन देखि सुरु भएको गन्धर्व संगित प्रशिक्षण कार्यक्रम आगामी जेठ ११ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय