गुलरियामा बृहत शोभायात्रा
शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित

बर्दिया, चैत १७ (फरकसमाचार) / ११औं स्थापना दिवस एवंम् श्रीराम नवमीको अवसरमा गुलरियामा बृहत शोभायात्रा निकालिएको छ । विश्व हिन्दू परिषद् नेपाल र बजरंग दल बर्दियाको आयोजनामा बिहीबार बृहत शोभायात्रा निकालिएको हो । जय श्रीरामको नाराले गुलरिया बिहीबार गुन्जायमान बन्यो ।

शोभायात्रामा गुलरियाका १२ वटै वडाबाट भक्तालुहरुको सहभागिता जनाएका थिए । पहेलो वस्त्रमा सजिएका भक्तालुहरुले भगवान् श्रीरामको तस्विर र बजरंगबलीको भण्डा फहराएको दृश्यले जोकोहीको ध्यान आकर्षण गरेको थियो ।

भक्तालुहरुले जय श्रीरामको नारासमेत लगाएका थिए । गुलरिया नगरपालिका–७ बसपार्क नजिक रहेको आँप बगैचाबाट शुरु भएको बृहत शोभायात्रा बजार परिक्रमा गरि खैरापुरमा सकिएको सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय