पत्रकारलाई सम्मान गर्नुपर्ने ठाउँमा धम्की : अध्यक्ष यादव आचार्य
शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित

बर्दिया, चैत १७ (फरकसमाचार) / पत्रकारलाई सम्मान, प्रेरणा दिनुपर्ने ठाउँमा विभिन्न किसिमका लालछना लगाउने र धम्की दिने गरिएको पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आचार्यले बताएका छन् । नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष आचार्यले यस्तो बताएका हुन् ।

समाजमा लुकेर रहेका आवाज र भईरहेका काम कारवाहीलाई निगरानी गरेर नागरिकलाई छिटो भन्दा छिटो सुचना दिन पत्रकारले आफ्नो बालबच्चा र सिङ्गो परिवार छोडेर दिनरात फिल्डमा खटिएको अध्यक्ष आचार्यले बताए । ‘अहोरात्र खटिएका पत्रकारलाई जानकारी दिई सघाँउन छोडेर विभिन्न किसिमका लालछना लगाईन्छ’ अध्यक्ष आचार्यले भने,‘आजभोली पत्रकारहरु असुरक्षित छन् ।’ व्यवसायिक पत्रकारलाई विभिन्न किसिमका आरोप, लालछना र धम्की दिने काम भईरहेको छ । वास्तवमा पत्रकारिताभित्र कस्तो दुःख र पिडा छ ती लालछना लगाउनेहरुले बुझ्न आवश्यक रहेको अध्यक्ष आचार्यको भनाई छ ।

देशमा भएका ठुला परिर्वतन पत्रकारकै कलमको माध्यमबाट भएको स्मरण गराए । समाजमा घटेका घटनालाई ढाकछोप गर्नु भन्दा पत्रकारलाई जानकारी दिएर मिडियामा ल्याउन आग्रह गरे । ‘नागरिक स्तरबाट नबोल्ने लुकेर बस्ने अनि पत्रकार यो गरेन, त्यो गरेन दोष लगाउने काम भईरहेको छ’ अध्यक्ष आचार्यले भने,‘नागरिक स्तरबाट पत्रकारलाई सुचना दिनुस्, यदि तपाईको आवाज मिडियामा आएन भने सिङ्गो पत्रकार महासंघ तपाईहरुको साथमा छ ।’ जब नागरिक स्तरबाट पत्रकारलाई निर्धक्क रुपमा सुचना आउछ तब मात्र चाहे जस्तो आवाज मिडियामा आउँछ । नागरिक स्तरबाट तपाईहरु चुप लागेर बस्नुभयो भने विकास हुन सक्दैन । त्यसैले थाहा पाएको जानकारी मिडियासम्म पु¥याउन अध्यक्ष आचार्यले आग्रह गरे ।

नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसमा बिहीबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले प्रभातफेरीको आयोजना गरेको थियो । गुलरियाको राधाकृष्ण चोकबाट शुरु भएको प्रभातफेरी बजार परिक्रमा गरि पुनःराधाकृष्ण चोकमा कोणसभामा परिणत भएको थियो । प्रभातफेरीमा वार एसोसियसनका अध्यक्ष कमल पाण्डे, निर्माण व्यवसायी संघका अध्यक्ष भेषराज पौडेललगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय