प्रमुख प्रशासकीय अधिकृत ऐडीको मनोमानी, अध्यक्ष त्रिपाठीको सहयोग
शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित

बर्दिया, चैत १७ (फरकसमाचार) / बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीको मनोमानीलाई अध्यक्ष हिमालय त्रिपाठीले ढाकछोप गरेको खुलेको छ । प्रमुख प्रशासकीय अधिकृत ऐडी कार्यालयमा नभेटिने र काम नगर्ने गरेको सेवाग्राहीले अध्यक्ष त्रिपाठीलाई जनाउँदासमेत वेवास्ता गर्ने गरेको सेवाग्राहीको आरोप छ । यसरी अधिकृतको मनोमानीमा अध्यक्षले समर्थन जनाउँदा सेवाग्राही झन् मर्कामा परेका छन् ।

बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऐडी कार्यालयमा नभेटिदाँ सेवाग्राही बिचल्लीमा परेका छन् । कार्यालय समयमा प्रमुख प्रशासकीय अधिकृत ऐडी नभेटिदाँ काम विषेशले कार्यालयमा आएका सेवाग्राही फर्किन बाध्य भएका छन् । पटक पटक फोन गर्दासमेत फोन नउठ्ने गरेको सेवाग्राहीको व्यापाक गुनासो छ ।

सेवाग्राहीको भेटघाट र फोन सम्पर्कमा प्रमुख प्रशासकीय अधिकृत ऐडी नभएपछि संवाददाताले सहजताको लागि अध्यक्ष त्रिपाठीलाई फोन गर्दासमेत उठेन । यसरी प्रमुख प्रशासकीय अधिकृत ऐडी र अध्यक्ष त्रिपाठीसंग भेटघाट र फोन नउठ्दाँ बढैयातालले दिने सेवाको अवस्था के होला सेवाग्राही चिन्तित भएका छन् ।
संवाददाताले अध्यक्ष त्रिपाठीले प्रयोग गर्ने कार्यालयको नंम्बर ९८५८०२४७०३ मा संम्पर्क गर्दा उठेन । त्यसैगरी कार्यालय प्रमुख ऐडीले प्रयोग गर्ने ९८५८०३८८८८ नंम्बर बन्द रहेको र ऐडीले प्रयोग गर्ने अन्य दुई नंम्बरमा समेत सम्पर्क भएन । थप जानकारीको लागि बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमार अधिकारीलाई सम्पर्क गर्दा आफु काठमाडौं कार्यक्रममा रहेको जनाईन् । आफु यस विषयमा अनविज्ञ रहेको जानकारी दिईन् ।

प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी कार्यालयमा नभेटिने र फोन नउठ्ने सेवाग्राहीबाट व्यापाक गुनासो आएपछि सोही विषयमा सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयसंग जानकारी लिदाँ आफुले पनि सम्पर्क गर्दा सम्पर्क नभएको जनाए । बिहीबार साँझ ६ बजेसम्म बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऐडीसंग सम्पर्क नभएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय