दुर्घटनामा महिलाको मृत्यु
शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित

बर्दिया, चैत १७ (फरकसमाचार) / दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुरकी २६ वर्षिय सरिता थारुको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको हो । गुलरिया–राजापुर हुलाकी सडक खण्ड अन्र्तगत मधुवन नगरपालिका –५ स्थित ८ नम्बर गाँउको चोक नजिक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा पछाडि बसेकी महिलाको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिमतर्फ गईरहेको भे.१ ख २२५४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको भे.४ प ५६४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाईकलमा सवार थारुको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय