दिउँसो ३ बजेका लागि नयाँ मन्त्रीहरूको शपथको तयारी
शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित

काठमाडौं, चैत १७ / राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। मन्त्रिपरिषद्को विस्तार गर्न लागेका प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथका लागि दिउँसो  ३ बजेका लागि तयारी गरिएको छ।

‘राष्ट्रपतिसँग ३ बजेका लागि समय मागिएको छ’, उनले भने,‘दलहरूबाट मन्त्रीहरूको नाम आउन बाँकी छ।’ गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि अन्तिममा छलफल नसकिएको भन्दै आजका लागि सारिएको थियो।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय