सवारी ज्यान मुद्दाका फरार कसुरदार पक्राउ
सोमबार, चैत २०, २०७९ मा प्रकाशित

बर्दिया,चैत २० (फरकसमाचार) / सवारी ज्यान मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–५ का ४८ वर्षिय हिरा प्रसाद थारुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

थारुलाई बाँके जिल्ला अदालतले विस २०६२ साल मंसिर २१ गते सवारी ज्यान मुद्दामा २ महिना १७ दिन कैद सजाय तोकेको थियो । अदालतले सजाय तोके देखि थारु फरार रहेका थिए । प्रहरीले बाँसगढी बजारबाट थारुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले थारुलाई नियन्त्रणमा लिई बर्दिया जिल्ला अदालतमा उपस्थित गराई कैद सजाय भुक्तानको लागि कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर