व्याडमिन्टन प्रतियोगितामा राजापुर, बाँसगढी र मधुवन विजयी
सोमबार, चैत २०, २०७९ मा प्रकाशित

बर्दिया, चैत २० (फरकसमाचार) / मधुवनमा सम्पन्न भएको व्याडमिन्टन प्रतियोेगितामा राजापुर, बाँसगढी र मधुवनको टिमले प्रथम स्थान चुम्न सफल भएको छ । जिल्ला स्तरिय व्याडमिन्टनमा तीन बिधामा प्रतिस्पर्धा गराईएको थियो । खुल्ला प्रतिस्पर्धा, भेट्रान र बि टिम गरी ५४ वटा टिम दर्ता भई मधुवनको ढाढरी स्थित कर्वड हलमा दुई दिन ईन्डोरमा भएको प्रतिस्पर्धा सम्पन्न भएको छ ।

खुल्ला प्रतिस्पर्धामा राजापुर टिमबाट प्रतिस्पर्धामा उत्रेका सचिन चौधरी र सुरेश चौधरी बिजयी भएका छन् । यसैगरि मधुवनका तर्फबाट खुला प्रतिस्पर्धामा उत्रेका खिम घले र तिर्थ चौधरीको टिमले दोस्रो स्थान प्राप्त गरेको छ । भेट्रान तर्फबाट मधुवनको टिममा सहभागी प्रहरी निरीक्षक शुसिल खड्का र राम बाहादुर बुढाको टोली बिजयी भएको छ । भेट्रान तर्फ भएको प्रतिस्पर्धामा राम्रो प्रर्दशन गर्दै गुलरियाको टिमबाट प्रतिस्पर्धामा उत्रेका मालपोत कार्यालयका प्रमुख(उपसचिव) कृष्ण चापागाई र अधिवक्ता निर्मल सिग्देलको टिमले दोस्रो स्थान सुरक्षित गर्न सफल भयो ।

बि टिमबाट शिव चौधरी र खेम बजगाई टोली प्रथम भयो । बि टिमको प्रतिस्पर्धामा राम बहादुर बुढा र प्रनि हरिहर खड्का दोस्रो भए । मैत्रिपुर्ण खेलमा खेलाडि स्वस्थ प्रतिस्पर्धा गरेको आयोजक तथा संयोजक कृष्ण सिग्देलले बताए । मैत्रिपुर्ण खेलले युवा देखि वयस्कलाई अनुशासित, भाईचारा, स्वस्थ रहन उर्जा प्रदान गर्ने उल्लेख गर्दै खेलाडीको उत्साहजनक उपस्थितिले आयोजक खुसी भएको संयोजक सिग्देलले सुनाए । ‘खेल जित्नलाई मात्र प्रतिस्पर्धा गर्ने होईन, खेलाडि सामाज प्रति उत्तिकै महत्वपुर्ण भुमिका निभाउन सक्छ,’उनले भने,‘मैत्रिपुर्ण खेलले समाज रहेका बिसंगति हटाउन मद्दत गर्छ ।’ जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिताको उद्घाटन प्रदेश सांसद जन्मजय तिमिल्सेनाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय