हनुमान जन्मोत्सवमा विविध कार्यक्रमसहित शोभायात्रा गरिने
सोमबार, चैत २०, २०७९ मा प्रकाशित

मुरली गोडिया

बर्दिया चैत २० / गुलरियामा हनुमान जन्मोत्सव भोली (मंगलबार)भब्य रुपमा मनाईदँैछ । सुन्दरकाण्ड महिला मित्र मण्डल र श्री गौरी शंकर मन्दिर व्यवस्थापन समिती गुलरिया नगरपालिका– ६ को अयोजनामा हनुमान जन्मोत्सव भव्य रुपमा मनाउँन लागिएको हो ।

पुरोषोत्तम श्री राम भगवान्को गाथासहितको रामचरित्र मानस पाठ, सुन्दरकाण्ड पाठ, हनुमान जीको शोभायात्रा, भोग आरतीलगायत कार्यक्रम हुने सुन्दरकाण्ड महिला मित्र मण्डल गुलरियाकी अध्यक्ष निलम श्रीवास्तवले जानकारी दिईन् ।

सोमबार विहान देखी श्री राम भगवानको गाथा सहितको अखण्ड रामचरित्र मानस पाठ भइरहेको छ । उक्त पाठ बाचनका लागी भारतका कथा वाचकद्वारा पाठ गायन भएको कार्यक्रमका अगुवा विजय श्रीवास्तवले जानकारी दिए । मंगलबार विशेष रुपमा मनाइने जन्मोत्वस कार्यक्रममा दिउँसोसम्म सुन्दरकाण्ड पाठ हुनेछ । त्यस लगतै हनुमान जन्मोत्सवको अवसरमा मंगलबार शोभायात्रा निकालिने जनाईएको छ । गुलरिया नगरपालिका–७ स्थित आप बगैचामा भक्तालुहरु जम्मा भई हनुमान जीको शोभायात्रा निकालिने आयोजकले जनाएको छ ।

शोभायात्रा गुलरिया बजारको परिक्रममा गरि गुलरिया नगरपालिका –६ स्थित भन्सार रोडमा अवस्थित श्री गौरी शंकर मन्दिरमा पुग्ने जनाइएको छ । शोभायात्रा पश्चात प्रसाद वितरणको कार्यक्रम रहेको श्रीवास्तवले जनाए । सुन्दरकाण्ड महिला मित्र मण्डल र श्री गौरी शंकर मन्दिर व्यवस्थापन समितीको अयोजनामा धार्मिक कथा पाठ, भजन किर्तन, प्रसाद वितरण तथा विशाल भण्डारा जस्ता कार्यक्रमहरु हुँदै आएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय