बेवारिसे अवस्थामा अबैध सामान बरामद
मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित

बर्दिया,चैत २१(फरकसमाचार) / भारतबाट भन्सार छली अबैध रुपमा ल्याईएको सामान प्रहरीले बरामद गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटहा स्थित सडक छेउमा वेवारिसे अवस्थामा राखिएको अबैध सामान प्रहरीले बरामद हो ।

प्रहरीका अनुसार बरामद अवैध सामान मुल्य रु ३७ हजार ५ सय ८५ बराबरको छ । तोरी, माउन्टेन डिउ, बिडी, सुर्ती, चक्लेट, कराही, कटौरा, खुर्सानी र युरिया मललगायत किरानाका सामान बरामद भएको छ ।

बरामद सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर