बढैयातालले अन्तरक्रिया गर्दै ६६ औं राष्ट्रिय सहकारी दिवस मनायो
मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया, चैत २१ / बढैयाताल गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम गर्दै ६६ औं राष्ट्रिय सहकारी दिवस मनाएको छ । ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ भन्ने मुल नाराका साथ बढैयाताल गाउँपालिकाको आयोजना तथा सहकारी संघ सस्थाको समन्वयमा ६६ औं सहकारी दिबस सोमबार मनाएको हो ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि एवं बढैयातालका अध्यक्ष हिमालय त्रिपाठीले सहकारी ऋण असुल गर्न नसकेर डुब्ने अवस्थामा रहको बताउदै अध्यक्ष त्रिपाठीले भने सहकारीबाट ऋण लिएका सदस्यले ऋण तिर्नै पर्ने बताए । आ.ब.०८०÷०८१ को बार्षिक बजेटमा सहकारीमा सुशासन र ब्यबस्थापनका लागि आबश्यक तालिम सञ्चालन गर्ने र पालिकाले भौतिक संरचनामा होइन सहकारीका सहदस्यका जीवन सुधारर्ने योजना ल्याउने र अध्यक्ष त्रिपाठीले प्रतिबद्धता जनाए ।

बढैयाताल ८ का अध्यक्ष तेजना पौडेलले शुभकामना मन्तब्य राख्दै बढैयातालका किसानको आर्थिक समृद्धि गर्न उत्पादन लाई बजारमा जोड्नु पर्ने भन्दै पछिल्लो समयमा सहकारी प्रति देखिएको भ्रमको निवारण र सकारीको बिकासका लागि सहकारी शिक्षा आवश्यक भएको बताए । पालिकाले जनताको आर्थिक तथा सामाजिक बिकासमा सहयोग पुग्ने खालको योजना बनाउनु पर्नेमा वडाध्यक्ष पौडेलले जोड दिए ।

यर्सै गरी सहकारी संघका केन्द्रिय सदस्य हरि बहादुर अधिकारीले आफ्नो बिचार राख्दै भने सहकारीको दिगोपनाको लागि तालिमको आवश्यक छ । सहकारीले गरिबी हटाउने खालको योजनामा लगानी गर्नु पर्ने भन्दै बढैयातालका सहकारीलाई उत्कृष्ठ र अब्बल सहकारीको रुपमा चिनाउन पालिकाले बार्षिक बजेटको ब्यबस्था गर्नु पर्ने बताए ।

कार्यक्रममा बढैयातलकी उपाध्यक्ष लक्ष्मी अधिकारी, वडा न.२ का अध्यक्ष डिला बहादुर गिरी, ६ का अध्यक्ष शुक्रराज सापकोटा, बोडर सहकारीका अध्यक्ष टुकराज घिमिरे, देउराली कृषि सहकारी सस्थाका अध्यक्ष गंगाधर पराजुली, सहकारी अभियान्ता नेत्र प्रसाद सापकोटा, समाजिक महिला उद्यमी सहकारीकी अध्यक्ष पार्वती खनाल लगाएतले सहकारी संस्थाको बिश्लेषण, अनुगमन तथा नियममा नचलेका सहकारीको नियमन गर्न पालिकाले पहल गर्नु पर्ने बताए ।

नब ज्योती कृषि सहकारी संस्थाकी अध्यक्ष कौशिला सिङ ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, बढैयातालका सहकारी सस्थाका संचालक तथा प्रतिनिधि शाखाका कर्मचारी, संघ सस्थाका प्रतिनिधि, पत्रकार लगाएत १ सय ७५ जना भन्दा बढीको सहभागिता रहेको जनाएको छ । उक्त कार्यक्रममा स्वागत कृषि साखाका प्रमुख दिपेन्द्र श्रीवास्तब र संचालन बिष्णु लम्सालले गरेको बढैयातालकी सहकारी शाखा प्रमुख शाबित्री चौधरीले जनाकारी दिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर