लागु औषधका फरार कसुरदार पक्राउ
बुधबार, चैत २२, २०७९ मा प्रकाशित

बर्दिया,चैत २२ (फरकसमाचार) / लागु औषध ब्राउनसुगर कसुरमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–५ गाउँ नंम्बर ९ का शुसिल थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

अदालतले गत बैशाख ७ गते लागु औषध ब्राउनसुगर मुद्दामा ९ महिन कैद सजाय तोकेको थियो । अदालतले कैद सजाय तोकेदेखि थापा फरार रहेका थिए ।

आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले थापालाई नियन्त्रणमा लिएको हो । प्रहरीले थापालाई नियन्त्रणमा लिई अदालतमा उपस्थित गराई कैद सजाय भुक्तानको लागि कारागार पठाईएको डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय