बर्दिया, चैत २३ (फरकसमाचार) / भारतबाट ल्याईएको गुणस्तरहीन माछा प्रहरीले नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरले गुणस्तरहीन माछा नियन्त्रणमा लिई बुधबार नष्ट गरेको हो ।
कैलाली टिकापुर नगरपालिका– ८ श्रीलङ्का बस्ने ४७ वर्षिय नारायण मल्लाहले भारतबाट गुणस्तरहीन माछा ल्याई राजापुर बजारमा बेचिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले मुल्य रु ६ हजार बराबरको २० किलोग्राम गुणस्तरहीन माछा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरको परिसरमा गुणस्तरहीन माछा पुरिएको छ ।
ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक जय नेपाल, राजापुर नगरपालिका, ईलाका प्रशासन कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि र संचारकर्मीको उपस्थितीमा गुणस्तरहीन माछा नष्ट गरिएको प्रहरीले जनाएको छ ।