छोराको सम्झनामा अक्षय कोष स्थापना
शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित

दीपक शर्मा

बर्दिया, चैत २४ / आफना छोराको सम्झनामा बुवाले विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । बर्दियाको गुलरिया नगरपालिका– २ निवासी चन्द्रप्रसाद गौडेलले आफना छोरा वसन्तराज गौडेलको सम्झनामा गुलरिया नगरपालिका १ मा रहेको शम्भुशरण मावि खैरापुरमा अक्षय कोष स्थापना गरिएको विद्यालयले जनाएको हो ।

शम्भुशरणमा मावि कक्षा १० मा अध्ययनर वसन्तराज गौडेलको व्लड क्यान्सरका कारण २०६१ साल असार २ गते निधन भएको थियो । २०४४ सालमा जन्मिएका वसन्त पढाइमा अव्वल रहेको तत्कालिन विद्यालयका प्रधानाध्यापक मतिराम शर्माले बताए ।

सुरुमा ११ हजार अक्षय कोष स्थापना गरिएको थियो भने हाल १ लाख ५ हजार रुपैया रहेको र त्यसको व्याजबाट आएको रकमले जेहेन्दार तथा विपन्न वर्गका १० कक्षा देखि माथिका विद्यार्थिका लागी छात्रवृद्धि दिइने शम्भुशरण मावि खैरापुरका प्रधानाध्यापक राकेश यादवले बताए ।

चन्द्रप्रसाद गौडेलका ४ सन्तान मध्ये वसन्त कान्छा रहेका थिए । बुढेसकालको साहारलाई कलिलै उमेरमा गुमाउनुको पिडा पिडितलाई मात्र थाह हुने भएको हुदा छोरो बाँचेको भए के हुन्थो थाहा भएन तर छोरा नहुदा सम्झनाका लागी आफुले विद्यालयसंग समन्वय गरी अक्षय कोष स्थापना गरेको चन्द्रप्रसाद गौडेलले बताए । सधै पढाइमा व्यस्त रहने भाइको उपचारको लागी चितवन, भारतको लखनउ लगायतका शहरमा उपचार गराएको अहिले जस्तै लाग्ने दीदी पार्वती गौडेलले बताइन । अक्षय कोष स्थापनाका लागी तत्कालिन विद्यालयका प्रधानाध्यापक मतिराम शर्माले प्रस्ताव गरेपछि आफुहरुले अक्षय कोष स्थापना गरेको पार्वती गौडेलले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर