नक्कली मह बेच्न भारतीय सक्रिय
आइतबार, चैत २६, २०७९ मा प्रकाशित

बर्दिया, चैत २६ (फरकसमाचार) / गुलरिया आसपासका क्षेत्रमा नक्कली मह बेच्नेले स्थानीय पाका उमेरका मानिसलाई प्रयोग गरेर सर्वसाधारणलाई ठग्ने गरेको पाईएको छ । नक्कली मह व्यापारीले प्रलोभनमा पारेर पाका उमेरकाले राम्रो महको प्रचार गर्दै हिँडेपछि बिश्वासमा पर्ने ठगिएका हुन् ।

पाका उमेरकालाई मह फ्रि दिने प्रलोभनमा पारेर अन्य सर्वसाधारणलाई ठग्ने गरेको भेटिएको छ । प्रलोभनमा परेकाले छर छिमेकमा आफ्नै अघि मह काडेको भन्दै घर घरै डुलाएर फसाउँदा सर्बसाधारण मर्कामा परेका छन् । मह बेच्ने र मह राम्रो हो भनेर विश्वास दिलाउँने त्यस्ता व्यक्तिलाई समेत स्थानियले कारबाहीको माग गरेका छन् । यस्ता गतिबिधिमा पाका उमेरका बिश्वास गर्ने भएकाले नक्कली मह बेच्न गिरोह सफल भईरहेको छ । मह व्यापारमा पाका उमेरका एक बृद्ध सक्रियता अलि बढि छ ।

नक्कली महलाई सक्कली मह भनेर गिरोहले खुलेआम बेचिरहेको फेला परेको हो । नक्कली महलाई सक्कली भन्दै बेच्ने गिरोह बाहिरबाट आएको स्थानीयले जनाएका छन् । गिरोहले चलाखीपुर्ण तरिकाले नक्कलीलाई सक्कली महको नाममा बिक्री गरिरहेको तथ्य सार्वजनिक भएको छ । गिरोहले स्थानीय बुढापाखालाई फ्रि मा मह दिने प्रलोभन देखाएर नक्कली महलाई सक्कली भन्न लगाएर धमाधम बेचिरहेको रहस्य खुलेको छ । स्थानीय बुढापाखाको छरछिमेकले विश्वास गर्ने भएकाले प्रलोभनमा परेका बुढापाखाले सक्कली मह भन्दै धमाधम नक्कली मह बिक्री गराईरहेका छन् । मह नभई चिनिको चास्नी किनाएकोमा पिडितले दुःख व्यक्त गरे ।

नक्कली मह बेच्ने गिरोहले प्रति केजीको मनोमानी रु ५ सय देखि ८ सयसम्म लिने गरेका छन् । नक्कली मह बेच्ने गिरोहलाई सम्बन्धित निकायले प्रक्राउ गरि शुद्धताको जाँच गर्न पिडितले माग गरेका छन् ।

मह स्वास्थ्यको लागि फाइदाजनक चिज हो । यही कारणले यसको माग पनि बजारमा धेरै छ । चिनी पानीमा मौरीको चाका र मरेका मौरी राखेर अर्गानिक मह भन्दै बजारमा नक्कली महको बिगबिगी बढेको छ । महको शुद्धताबारे जानकारी नभएका स्थानीयहरुलाई गिरोहले ठगिरहेको छ । बेचिरहेको महमा चिनी पानी बाहेक अन्य पदार्थ मिसावट गरिएको स्थानीयको आशंका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय