आगलागी हुँदा पाँच घरमा क्षति
सोमबार, चैत २७, २०७९ मा प्रकाशित

बर्दिया,चैत २७(फरकसमाचार)/ आगलागी हुँदा पाँच घरमा क्षती भएको छ । गेरुवा गाउँपालिका–५ पथरैया कार्की टोलमा आगलागी हुँदा पाँच घरमा क्षति भएको हो । आइतबार दिउँसो दुई बजे नबिन शाहीको घरमा अचानक आगलागी भएको हो । आगलागी कसरी भयो खुलेको छैन ।

शाहीको घरबाट भएको आगलागी फैलिएर नकब बम, पदम बम, बल बम र लासु बमको कच्ची घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । मानविय क्षति नभएपनि खाद्यान्न, लत्ताकपडासहित घरमा रहेका सामान जलेको जनाईएको छ ।

आगलागी भएको जानकारी पाउनसाथ प्रहरी चौकी पशुपतिनगर, ईलाका प्रहरी कार्यालय पाताभार, ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोली र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय