मृतकको घरमै पुगी बीमाको रकम हस्तान्तरण
सोमबार, चैत २७, २०७९ मा प्रकाशित

बर्दिया,चैत २७ (फरकसमाचार) / मृतकको घरमै पुगि बीमा वापतको रकम हस्तान्तरण गरिएको छ । आम जनमानसमा रहेको बीमा दाबी प्रकृया झन्झटिलो र ढिला सुस्ती हुने भन्ने भ्रमलाई गलत साबित गर्दै महालक्ष्मी लाइफ ईन्स्योरेन्सले लिमिटेड गुलरिया शाखा कार्यालयले आफ्ना बीमित स्व.खल बहादुर विकको घरमै पुगि मृत्यु बापत हुन आउने एकमुष्ठ रकम भुक्तानी गरेको हो ।

गुलरिया नगरपालिका–१२ निवासि स्व.खल बहादुर विकको घरमै पुगी मृत्यु बापत हुने बीमांक रु ५ लाख र बोनस बापतको रकम रु २५ हजार गरी कुल दाबी भुक्तानी रकम रु ५ लाख २५ हजारको चेक महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड गुलरिया शाखाका प्रमुख खुमेश सुबेदी र गु.न.पा. १२ का वडा अध्यक्ष राम कुमार थारुले मृतकको श्रीमति लिला विकलाई चेक हस्तान्तरण गरेका छन् । स्व.विकले महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड गुलरिया शाखाबाट २०७८ साल पुस २० गते रु ५ लाख बीमांकको साबधिक तथा आजिबन जिबन बिमा लिएका थिए भने मिति २०७९ साल कात्तिक ८ गते उनको निधन भएको थियो ।

दाबी भु्क्तानि कार्यक्रममा गुरिया नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष थारु, गुलरिया शाखाका प्रमुख सुबेदी, एजेन्सि मेनेजर फुलमाया थारु, ध्रुव सलामि अन्य अभिकर्ताहरु साथै स्थानियवासिहरुको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा गुलरिया नगरपालिका–१२ का वडा अध्यक्ष थारुले विमाले बचत मात्र नभई पारिवारिक सुरक्षा पनि प्रदान गर्ने भएकाले हरेक घरमा परिवारको मुख्य आम्दानि गर्ने व्यक्तिले जिबन बिमा गर्नुपर्ने जरुरी रहेको बताउनुका साथै मृतक विकलाई बिमा गर्नको लागि प्रेरित गर्ने अभिकर्ता र कम्पनिलाई धन्यवाद ज्ञापन गरे । साथै कम्पनिले बिमा प्रतिको गलत भ्रमलाई परिवर्तन गर्न सफल भएको हुँदा आम सर्वसाधारण बिमा गर्नको लागि थप प्रेरित हुने भएको बताए ।

कम्पनिका गुलरिया शाखा प्रमुख सुबेदीले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै यस्तो दुखद् घडीमा कम्पनीले सहज रुपमा दावी भुक्तानी गरी बिमा प्रतिको जनविश्वास बढाउँदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधै बीमितको साथमा रहने प्रतिवद्धता व्यक्त गरेका थिए । यस्तै हरेक घरमा एक विमा पोलिसि, युवासंग महालक्ष्मी साथै महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ कार्यक्रम जस्ता कार्यक्रम ल्याएर सामाजिक उत्तरदायित्व वहन गर्ने कुरामा एक नम्वर रहेको समेत प्रमुख सुवेदीले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय