प्रहरीद्वारा अबैध मदिरा नष्ट
सोमबार, चैत २७, २०७९ मा प्रकाशित

बर्दिया, चैत २७ (फरकसमाचार) / अबैध रुपमा संचालन गरिएका नास्ता पसलको मदिरा प्रहरीले नष्ट गरेको छ । राजापुर नगरपालिका–४ राजापुर सत्तिघाट लठवा सामुदायिक वन क्षेत्र स्थित संचालन गरिएका पसलका मदिरा प्रहरीले आइतबार नष्ट गरेको हो ।

अबैध रुपमा नास्ता पसल संचालन गरि अबैध रुपमा घरेलु मदिराजन्य पदार्थ बिक्री वितरण भईरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरले शनिबार मदिरा बरामद गरेको थियो । बिना ईजाजत सामुदायिक वन क्षेत्रमा नास्ता पसल संचालन गरि अबैध रुपमा मदिराको विक्री वितरण भईरहेको थियो । प्रहरीले उक्त पसलमा राखिएका घरेलु तथा विभिन्न कम्पनीका मदिरा बरामद गरि नष्ट गरेको छ ।

प्रहरीले घरेलु मादक पदार्थ २० लिटर, ड्राईगन वियर ६ सय ५० मिलिको ५ बोत्तल, रकस्टार बियर ३ सय ३० मिलिको ८ बोत्तल र वाईट राहार ३ सय मिलिको मदिरा ५ बोत्तल नष्ट गरिएको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।

राजापुर नगरपालिका, ईलाका प्रशासन कार्यालय राजापुरका प्रतिनिधि तथा जनप्रतिनिधिको उपस्थितीमा ईलाका प्रहरी कार्यालय राजापुरको परिसरमा मदिरा नष्ट गरिएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय