अलबिदा खेटराज वुवा !
सोमबार, चैत २७, २०७९ मा प्रकाशित

बर्दिया, चैत २७ (शब्दः  प्रकाशक/सम्पादक) / धार्मीक सहिष्णुताका पर्याय खेटराज उपाध्याय(वुवा)को निधनले बगलामुखी मन्दीर टोल स्तब्ध बनेको छ । गुलरिया रोएको छ, बगलामुखी मन्दिर परिसरमा सन्नाटा छाएको छ ।

बगलामुखी मन्दिर व्यबस्थापन समितिको संस्थापक नेतृत्वको जिम्मेवारी सम्हालेका खेटराज उपाध्याय ८७ बर्ष टेक्दै गर्दा शनिवार बेलुका भगवनासँग लिन हुँदा देखि वातावरण भावविहल भएको छ । धार्मीक आस्थाका धरोहर खडा गरेर ब्रहालिन हुँदाको क्षणले गुलरिया नगरीको आकाशमा निराशाको कालो बादल मडारिरहेको छ ।

वुवा, तिम्रो पार्थिव शरीरको देह लीला समाप्त भए पनि तिमी अजम्बरी छौ । तिम्रो आत्मा, तिम्रो माया, करूणा र तिम्रो आशिर्वाद हामीसंगै छ । आज बगलामुखी माता मन्दिरको समिपमा बस्ने हामीहरुको शिर उचो बनाएर सधैका लागि छाडेर गएका छौ । हामीले अपुरणीय क्षति व्यहोरेका छौ । त्यसैले हामी रिनि छौ । धेरै दुखी हुदाँ आँखा रसाएका छन् ।

२०३८ साल देखि बगलामुखी माता मन्दिरको ओज र गरिमालाई उचाईमा पुराउन तिम्रा अथक प्रयास र मेहनत सम्झन बाहेक हामीसँग विकल्प छैन । यो अवधिमा संस्थापक सचिव मेघनाथ अधिकारी, कोषाध्यक्ष अशोक शर्मा र सदस्य बिर बहादुर शाह र गोपाल टंडन जस्ता योद्धा गुमायौ । तिम्रो अदम्य साहसका कारणले अविचलित यात्रा तय गरेर मन्दिरका लागि सकि नसकि जे गर्यो जसले आज र भविष्यमा समाजको शान बढ्नेनै छ ।

बगलामुखी मन्दिरका लागि जग्गा दर्ता गरायौ, अक्षय कोष स्थापना गरायौ, एकल सिपाहीको भुमिका निभाएर आज हामी माझ सम्झनाको चाङ छाडेर बिछोड हुँदाको पीडाले तिमिलाई पनि सताएको होला । हामी बिबश छौ, तिम्रा बचेरा हामी के नै गर्न सक्छौ र ?

कलेजो र आन्द्राका समस्याले ग्रस्त भएपनि यति छिटो भगवानसँग लिन हुनेछौ भन्ने लागेको थिएन । बगलामुखी मन्दिर व्यबस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हालेर चार दशक भित्रमा निस्वार्थ धार्मीक आस्थाको केन्द्र भनेर गुलरिया नगरीलाई चिनायौ । मन्दिरकै लागि कति अन्चलाधिस,कति सिडिओसँग भिड्योै । मन्दिरका लागि शक्ति केन्द्रसँग लडेर आस्थाको केन्द्र खडा गर्यो । तिमी सफल भयौ । तिमी अमर रहनेछौ । धार्मीक धरोहर जग बसालेर समाजको शिर उचो बनाएर तिमि अस्ताउँदा वाच्नेको मन र मुटुमा पिडा बल्झेको छ ।

जीवन छँदासम्म बगलामुखी भगवानसँग तिमिले गाँसेको अटुट नाता अमर रहनेछ । जिवनमा सधै सफल भयौ । तिम्रो भगवानसँग निस्वार्थ प्रेमले नै छोरा उच्च नेतृत्वमा पुगेर तिम्रो पदचाप पच्छाईरहेका छन् । तिम्रो पदचापमा समाज हिडने छ, हामी हिड्ने छौ, जिवन भर तिम्रो मन्दीर प्रति निस्वार्थ प्रेममा कमि आउँन नदिने वाचा सहित शब्द मार्फत दुख बिसाउँनु पर्ने विबशतामा छौ । तिमि कहिले दुखी भएनौ, अर्काको भलाईमा निरन्तर लागि रहदा चोला फेर्यो । जन्मनु र मृत्यु वरण गर्न पर्ने नियमित प्रक्रिया भएपनि तिम्रो सक्षम नेतृत्व गर्ने क्षमताको बयान सधै हुनेछ । यसैमा हाम्रो गर्व र शान जिवन्त रहनेछ ।

बुवा, तिमी जीवनलाई रूपान्तरण गरेर जीवित छौ जस्तो लाग्छ । तिम्रो देहावसानको शोकमा मन गह्रुंगो हुँदैछ । लेख्न गाह्रो बनाएको छ । तमीले दिएको अजम्बरी माया जिवन्त रहनेछ । तिम्रो अजम्बरी जीवनगाथाको उत्सव मनाउन चाहन्छु ।

वुवा तिमी महान थियौ, तिम्रो स्वर्गमा बास होस भन्दै जीवन रहे सम्म पुजा गरिरहनेछु । सबै प्रियजनहरूको प्रार्थना, प्रेम र आशिर्वादको लागि हाम्रो समाजले हाथ फैलाएको छ । २०६८ साल देखि व्यवसायीक पत्रकारीता शुरु गरेपछि वुवाले मसँग राखेको अपेक्षा पूरा गर्न निरन्तर प्रयासरत रहनेछु ।

वुवाको हसिलो अनुहारको भाव, आँखाको तेजस्वी यति मोहक हेरिरहरु जस्तो लाग्थ्यो । जुन नजिकबाट मात्र सम्भव थियो,आज त्यो कल्पनामा सिमित भएको छ । यस्तो लोभलाग्दो अनुहारमा झल्किने मुस्कान मानसपटलमा ताजै रहनेछ ।

उहाँको नेतृत्व रहँदा बखतमा समितिका पदाधिकारीले प्रस्ताव राखेपनि बगलामुखी मन्दीरको संरक्षण र संबर्धनका लागि कार्यान्वयनमा ल्याउँन निर्णय गर्ने क्षमता प्रशंसनिय भएको पन्डित दिल्ली प्रसाद उपाध्यायले स्मरण गरे । मन्दिरको जग्गा दर्ता गराउँन देखि भौतिक पूर्वाधार निर्माण गर्दाको निर्णयमा उहाँको कुरा काट्ने नसक्ने निर्णय लिने क्षमताले अब्बल व्यबस्थापकको संज्ञा दिएका हुन् । अवको नयाँ नेतृत्वमा खडेरी लाग्ला जस्तो देखिएकाले बर्षो देखि समितिमा महत्वपूर्ण पोष्टमा रहेकालाई परिवर्तन गरी नयाँ अनुहार जसले समाज हाक्न सक्ने सक्षम नेतृत्व सवैले आवश्यक्ता बोध गर्न पर्ने दिन आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय