तालाबन्दी विरुद्ध कर्मचारीको चेतावनी
मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित

बर्दिया,चैत २८ (फरकसमाचार) / मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षमा उप–प्रमुखले लगाएको तालाबन्दी बिरुद्ध कर्मचारीले कडा चेतावनी दिएका छन् । स्थानीय सरकारले जिम्मेवार जनप्रतिनिधिबाट कानुनले प्रदान नगरेको सेवा सुविधाको विषयलाई लिएर उप–प्रमुख अनिता चौधरीले तालाबन्दी गरेकी थिईन् ।

उप–प्रमुख चौधरीले पुनःतालाबन्दी गरे कर्मचारीले कडा कदम चाल्न बाध्य हुने कर्मचारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेको कार्यकक्षमा सोमबार उप–प्रमुख अनिता चौधरीले सुविधाको विषयमा तालाबन्दी गरेकी थिईन् । दुई घण्टाको छलफलपछि उप–प्रमुख चौधरीले अधिकृतको कार्यकक्षमा लगाएको ताला खोलेकी थिईन् ।

सेवा सुविधाको विषयमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी प्रति कर्मचारीहरु असन्तुष्ट भएका छन् । नगरपालिकाको सर्वागिण विकासको लागि जनप्रतिनिधि र कर्मचारीको सौहार्दपूर्ण वातावरण आवश्यक पर्ने भएकोले दवाव तथा बलमिचाइ नगरी अनुकुल वातावरण बनाउन कर्मचारीहरुले जारी गरेको विज्ञप्तीमा लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय