गुलरियामा संघर्ष समितिको लगातार बिरोध
बुधबार, चैत २९, २०७९ मा प्रकाशित

बर्दिया, चैत २९ (फरकसमाचार) / लघुवित्तिय संस्थाहरुको ज्यादती बिरुद्धमा संघर्ष समितिले लगातार बिरोध प्रदर्शन गरिरहेको छ । कहिले रिले अनसन त कहिले बिरोध ¥याली निकाली संघर्ष समितिले लगातार बिरोध प्रदर्शन गरेको हो । लघुवित्तिय संस्थाहरुको ज्यादती विरुद्धमा संघर्ष समितिले मंगलबार ¥याली निकाली बिरोध प्रदर्शन गरेको छ । जिल्ला प्रशासन अगाडि एक साता रिले अनसनमा बसी संघर्ष समितिले बिरोध प्रदर्शन गरेको थियो ।

अघिल्लो मंगलबार देखि सोमबारसम्म पिडितहरु जिल्ला प्रशासन अगाडि रिले अनसनमा बसेका थिए । चर्को घाममा एक साता रिले अनसनमा बस्दासमेत सरकारले कुनै वास्ता नगरेको संघर्ष समिति गुलरियाका अध्यक्ष रन्जित बिक्रम शाहले बताए । ‘सरकारले जबसम्म पाँच बुँदे मागलाई सम्बोधन गर्दैन’ अध्यक्ष शाहले भने,‘तबसम्म बिरोध कार्यक्रम जारी रहने छ ।’ अब कडा रुपमा प्रदर्शनमा उत्रिने संघर्ष समितिका नगर अध्यक्ष शाहले जनाए ।

मंगलबार निकालिएको ¥यालीमा लघुवित्तिय संस्था खारेज गर, मान्छे मार्न पाइदैन, हत्यारा लघुवित्तिय संस्था चाहिदैन भन्ने चर्को नाराबाजी लगाएका थिए । संघर्ष समितिको आयोजनामा निकालीएको बिरोध ¥याली गुलरिया बजार परिक्रमा गरि गणेशमान चोकमा कोणसभामा परिणत भएको थियो । गणेशमान चोकमा कोणसभा गर्दा करिब एक घण्टा सर्वसाधारणलाई आवतजावतमा कठिनाई भएको थियो ।

संघर्ष समितिले सरकारसंग नव सामान्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर, सामुहिक ऋण मिनाह गर, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता क्षमतामा आधारित काम र दामको व्यवस्था गर र सामाजवादी अर्थतन्त्रको विकास गर भन्ने माग राख्दै बिरोध प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय