लागु औषधसहित एक पक्राउ
बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित

बर्दिया,चैत ३०(फरकसमाचार) / लागु औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ सितापुरका ३७ वर्षिय रमेश बुढालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । प्रहरीले बुढालाई बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट नियन्त्रणमा लिएको छ ।

भे ९ प ९४१ नंम्बरको मोटरसाईकलमा सवार भई शंकास्पद रुपमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले चेकजाँच गर्दा प्लाष्टिकमा १ पुरिया लुकाई छिपाई राखेको अवस्थामा लागु औषध फेला पारेको छ ।

बरामद लागु औषध ब्राउन सुगर ५ ग्राम ६ सय ३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । बुढालाई नियन्त्रणमा लिई बुधबार अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ । अघिल्लो साता लागु औषधसहित सात जनालाई प्रहरीले सोही स्थानबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय