चितुवा चितुवा वनविरालो
बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित

बर्दिया, चैत ३० (फरकसमाचार) / गुलरिया नगरपालिका–७ चौगुर्जी गाउँ चितुवाले सोमबार राती गाईलाई आक्रमण गर्छ । चितुवा लखट्ने जाने सर्वसाधारणले तीन वटा चितुवा बाघको झल्को दिने बच्चा देख्छन् ।

चितुवाले बच्चा छाडेर भागेको गाउँमा हल्ला चल्छ । त्यो हल्ला गुलरियामा धुँवा सरि फैलिदाँ चितुवाको बच्चा हेर्न घुँईचो लाग्छ । कसैले चितुवाको बच्चा भनेर ठोकुवा गर्छन् । कसैले शंकाको नजरले हेर्छन् । कोतुहुलताको विचमा ५ घन्टा वित्छ । सामाजिक संजालमा चितुवाको बच्चा भनेर भाईरल हुन्छ । गुुलरिया नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष मनोज यादव पुग्छन् । सुरक्षित बस्न समेत आग्रह गर्छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी घटना स्थलमा खटिन्छ । घटना स्थललाई सिज गर्छ । तर,कुन जनावरको बच्चा हो भनेर पुष्टि हुदैन । चितुवा हो भन्दै बच्चाहरुलाई त्यहाँबाट धबाईन्छ वा लखेटिन्छ ।

चितुवा आउने डर र त्रास विच फरक समाचार संबाददाताले समाचार संकलन गर्छ । बच्चा पहिचान गर्नका लागि वनको टोली बोलाईन्छ । लामो समय डर र त्रास विच वनको बिज्ञको टोली आईपुग्छ । जंगलि विरालो भएको पुष्टि गर्दै फर्कन्छ । पछिल्लो समय भारतसँग जोडिएको कतरनिया संरक्षित वनमा आउँने जंगलि जनावरका कारण सर्वसाधारण त्रसित बनेका छन् ।

संयोग बश चितुवाको बच्चा नहुनु सुखद भएको बनको बिज्ञ टोलीले बताए । यदि चितुवाको बच्चा भएको भए आक्रमण खतरा हुने बिज्ञ टोलीले अनुमान लगाउँछ । वन्य जन्तु त्रासमा सीमा क्षेत्रका स्थानीय रहेको वडा नं. ७ का अध्यक्ष मनोज यादवले बताए । उनका अनुसार भारतीय संरक्षित वन जोडिएका वस्तीमा पटक पटक वन्यजन्तुको आक्रमणमा स्थानीय पर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर