उपचार गराउन टेक बहादुर हिँडे काठमाडौं
बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित

बर्दिया, चैत ३० (फरकसमाचार) / प्रदेशमा काम गर्न जाँदा जादै दुर्घटनामा परेर भाँच्चिएको खुट्टा । लामो समय बिपन्नताका कारण उपचार भएन । खुट्टाको दुखाई बल्झिदै गयो । दुख माथी दुख थपिदै जाँदा परिवारमा बज्रपात पर्न गयो ।

गुलरिया नगरपालिका–९ टेपरीका टेक बहादुर गाईने कमाई गर्ने एक्लो छोरो विचल्लिमा परेको देख्दा गरिब आमा दिनरात रुनुको विकल्प थिएन । आमानै छोराको उपचारको लागि सहयोगि हात खोज्न भौतारिन् । तर, कसले सुन्थ्यो गरिब परिवारको बिबशताको कथा ।

फरक समाचार संबाददाता गुहार खोज्दै आएका उनको परिवारको अनुहारमा यतिबेला खुसी झल्किएको छ । यसको श्रय फरक समाचार संबाददाता कृष्ण भुसाललाई जान्छ । उनले पटक पटक बिपन्नताले निम्त्याएको दर्दनाक कथाको भिडियो रिपोर्ट बनाए । पत्रिका, यूटुव र फरक समाचार पेजमा प्रकाशित गर्दा भिडियो हजारौले हेरे । यसरी पटक पटक संबाददाताले गरेको दुःखले आज बिपन्न परिवारका सदस्यले उपचार पाउँदा र फरक समाचार मिडिया परिवारले समाचार लेख्न पाउँदा हौसला मिलेको छ ।

फरक समाचार पत्रिकामा पटक पटक प्रथामिकता परेको बिपन्नले निम्त्याएको कथाले आज सार्थकता पाएको छ । गुलरिया ९ टेपरी बस्ने टेक बहादुर गाईनेको परिवारमा खुसी छाएको छ । उपचार गराउँन टेक बहादुर काठमाडौ पुगिसकेका छन् । गुलरिया नगरपालिकाले निशुल्क औषधि गर्न सिफारिस गरेको छ ।

को हुन् टेक बहादुरलाई सहयोग गर्ने युवा

गुलरिया नगरपालिका– ५ बस्ने प्रकाश मल्लले औषधि उपचारमा लाग्ने खर्च लगानी गर्ने भएका छन् । मल्ल स्वयमसेवि यूवा हुन् । काठमाडौं स्थित मेडिकल पुर्नस्थापना संस्थाले सहयोग गर्ने भएको छ ।

मल्लको समन्वयमा संस्थाका पदाधिकारी सम्राट सिंह बस्नेतले टेक बहादुरको उपचारको जिम्मा लिएका छन् ।

देशभरिमा बेसाहारा कुकुर तथा घरपालुवा जनावरको स्याहारका लागि बर्सो अघि देखि मल्लले काम गरेका छन् । हजारौ बेसाहारा कुकुर पुर्नस्थापना केन्द्रमा राखेर सन्चो गराएका मल्ल फरक सोचका युवा हुन् । उनले आज टेक बहादुर जस्ता बेसाहारा युवालाई खुट्टामा ठड्याउँने वाचासहितको प्रतिबद्धता गर्ने मल्ल एक्ला समाजसेवि यूवाको पहिचान बनाएका छन् । बिपन्नता र बिबशताले छटपटिएको परिवारको उद्धार गर्ने कार्य सह्रानिय भएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय