अपांगता भएका ब्यक्तिलाई परिचय पत्र बितरण
बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया,चैत ३० / मधुबन नगरपालिकामा अपांगता भएका ब्यक्तिलाई परिचय पत्र बितरण गरिएको छ । मधुवन नगरपालिका अन्र्तगतका २६ जना अपांगता भएका व्यक्तिलाई बुधबार परिचय पत्र वितरण गरिएको हो ।

नगरपालिकाकी उपप्रमुख तथा अपांग परिचय पत्र बितरण समन्वय समितिकी संयोजक अनिता चौधरीको अध्यक्षतामा अपांगता भएका ब्यक्तिलाई परिचय पत्र बितरण गरिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा मधुवनकी प्रमुख ईन्द्रा चुनाराका अनुसार ४ जनालाई (क) बर्ग, १४ जनालाई (ख) बर्ग, ७ जनालाई (ग) बर्ग र २ जनालाई (घ) बर्गको अपांगता परिचय पत्र बितरण गरिएको छ ।

अपांगता परिचय पत्रको लागि वडा कार्यालयबाट सिफारिस भएका ब्यक्तिहरु मध्ये क र ख बर्गको परिचय पत्र पाए स्वीकार गर्ने तर, अन्य वर्गको परिचय पत्र लिन अस्वीकार गर्ने गरेको भन्दै अपांगता परियच पत्र बितरण कार्यबिधी २०७५ अनुसार काम गर्दा सेवाग्राही, आफन्त र जनप्रतिनिधीबाट दवाब आउने गर्दा बितरण प्रक्रियामा असहज भएको समितिका एक सदस्यले बताए ।

क र ख बर्गको अपांगता परियच पत्र पाएमा सामाजिक सुरक्षा भक्ता पाउने, ग र घ बर्गको परिचय पत्र पाएमा भक्ता नपाउने हुँदा उनीहरुले परिचय पत्र बितरण समितिमा बिरोध जनाउने गरेका छन् । कतिले त ग र घ बर्गको परिचय लिनु भन्दा नलिनु बेस भन्दै समितिमा च्यातिदिएका पनि उदाहरण छन् । सेवा सुबिधा नपाउने परिचय पत्रको के काम उनिहरु बताउछन् । स्थानिय सरकारले ग र घ बर्गका अति बपिन्न अपांगता भएका ब्यक्तिहरुको लागि सामाजिक सुरक्षा भक्ताको ब्यबस्था वा जीवन निर्वाको ब्यबस्था गर्न सकेमा परिचय पत्र बितरण प्रक्रियामा सहता आउन सक्ने शाखाकी प्रमुख चुनाराले जनाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय